बंगलादेशमाथि नेपालको रोमाञ्चक जित

बंगलादेशमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं : नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा पनि रोमाञ्चक जित हात पारेको छ । बुधबार ललितपुरस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा भएको खेलमा नेपालले बंगलादेशमाथि ३-२ को जित निकाल्यो । तर, बुधबारको खेलमा नेपालको रिसिभ निकै खराब रह्यो । बंगलादेशी खेलाडीको सहज सर्भिसमा पनि नेपाली खेलाडीले रिसिभ खराब गरे ।

नेपालले सेटमा अग्रता बनाउँदा नेगेटिभ अंकबाट पछि परेको थियो । नेपाली टोलीले स्पाइककै भरमा पाँचौं सेटमार्फत जित निकाल्यो । पहिलो मैत्रीपूर्ण खेलमा जित निकालिसकेको नेपाली टोलीले सहजै खेल आफ्ना पक्षमा पार्ने आकलन गरिए पनि घरेलु टोलीले निराशलाग्दो प्रदर्शन गरेको थियो । निकै खराब रिसिभ गरेपछि पहिलो सेट नेपालले २५-१९ ले गुमायो । दोस्रो सेट नेपालले २५-२३ ले आफ्नो पक्षमा पार्दै सेटमा १-१ को बराबरी गर्‍यो ।

तर, बंगलादेशले तेस्रो सेट २५-२० ले सहजै आफ्नो पक्षमा पारेपछि सेटमा २-१ अग्रता बनायो । निकै प्रतिस्पर्धात्मक भएको चौथो सेट २५-२२ ले नेपालले आफ्नो बनाएपछि सेटमा २-२ को बराबरी भयो । निर्णायक तथा पाचौं सेट १५-८ ले नेपालले सहजै आफ्नो पक्षमा पारेपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकाल्यो । नेपालका लागि कुलबहादुर थापाले पुनः उत्कृष्ट प्रदर्शन गरे । उनले कुल २८ अंकको महत्वपूर्ण योगदान दिएका थिए ।

कुलबहादुर असफल हुँदा आठ अंक विपक्षीले प्राप्त गरेको थियो । नेपालका अन्य स्पाइकरले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि निकै आशा गरिएको स्पाइकर मानबहादुर श्रेष्ठको प्रदर्शन खराब रह्यो । पाचौं सेटमा बंगलादेशी खेलाडीले नेपाली रेफ्री चन्द्रा वन्दना राईको निर्णयमा पटकपटक असन्तुष्टि जनाए । खेलपश्चात् बंगलादेशका प्रशिक्षक अलि पौउर एरोजीले प्रतिक्रियासमेत दिन मानेनन्।

नेपालका प्रशिक्षक जगदीश भट्टले नेपाली खेलाडीले आशा गरेअनुरूप प्रदर्शन गर्न नसकेको बताए । उनले भने, 'पहिलो सेटमा हाम्रा खेलाडीको रिसिभ निकै खराब रह्यो । त्यसैले पहिलो सेट गुमाएपछि थप दबाब परे । त्यसमा बंगलादेशी खेलाडीले पनि हिजोभन्दा निकै खेल खेले ।’ नेदरल्यान्डका प्रशिक्षकबाट एकमहिने प्रशिक्षण लिएको नेपाली टोलीले यसअघि डेनमार्कको घरेलु क्लबसँगको मैत्रीपूर्ण खेलमा समेत जित निकालेको थियो । नेपाली पुरुष भलिबल टोलीको स्तरवृद्धि र नियमित तयारीका लागि नेपाल भलिबल संघको आग्रहमा बंगलादेशको टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो।

भलिबल खेलाडीलाई नगद पुरस्कार माल्दिभ्सको मालेमा गत चैत ९ देखि १७ गतेसम्म सञ्चालन भएको एभीसी एसियन सेन्टर जोन तेस्रो सिनियर भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल नेपाली पुरुष भलिबल खेलाडी बुधबार नगद पुरस्कारसहित सम्मानित भएका छन् । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, मन्त्रालयका सचिव महेश दाहाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले खेलाडीलाई पुरस्कृत गरेका हुन् । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १५ जनाले जनही एक÷एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.