दलहरूलाई उम्मेदवार छनोट गर्न सकस

 दलहरूलाई उम्मेदवार छनोट गर्न सकस

जनकपुरधाम : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा जनकपुर उपमहानगरपालिकामा चुनावी माहोल तातेको छ । २० वर्षपछि हुन लागेको निर्वाचनमा आ-आफ्नो बाहुल्य स्थापित गर्न प्रमुख राजनीतिक दलहरूसँगै मधेस केन्द्रित दलहरू पनि लागि परेका छन् ।तेस्रो चरणको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर दलहरू चुनावी प्रतिस्पर्धामा केन्द्रित भए पनि जनकपुरमा दलहरूलाई उम्मेदवार चयन गर्न निकै सकस भएको छ ।

दुई चरणका निर्वाचनमा सहभागी नभएको राजपा बिना संविधान संशोधन नै तेस्रो चरणको निर्वाचनमा सहभागी हुने भएपछि मधेस आन्दोलनमा सहभागी नभएकाहरू पनि उम्मेदवार छनोटको सूचीमा पर्न थालेका छन् ।

राजपाबाट जनकपुरमा मेयर पदका लागि प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका जनकपुरका पूर्वउपमेयरसमेत रहेका लालकिशोर साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह, राजपा नेपालका नेता परमेश्वर साह र जग्गा व्यवसायी अमर पञ्जियार मुख्य रूपमा उम्मेदवारको सूचीमा छन् । यस क्षेत्रमा ‘साहुजी समुदाय’ को बाहुल्य रहेको हुनाले जातीय समिकरणको आधारमा पनि यसै समुदायबाट मेयरको टिकट दिने राजपाको तयारी छ । तर, हालसम्म उम्मेदवारको टुंगो नलागेको राजपा नेपालका धनुषा संयोजक सञ्जय सिंहले बताए ।

कांग्रेसको गढ मानिने धनुषामा तेस्रो चरणको निर्वाचनमा जसरी पनि पहिलो बन्ने तयारीमा पार्टी रहेको छ । कांग्रेसबाट मेयर पदका लागि मनोज साह, दिगम्बर राय, किशोरी साह, प्रफल्लराज घिमिरे, कन्हैयालाल कर्ण, धीरेन्द्रमोहन झा, श्याम साह र श्रीराम साहको चर्चा रहे पनि कांग्रेसका जनकपुर नगर समिति संयोजक मनोज साहलाई नै मेयरको उम्मेदवार बनाइने कांग्रेसी नेताहरूले बताए । त्यसैगरी उपमेयरका लागि निलम कर्णको चर्चा छ । तर, उम्मेदवारको नाम सार्वजनिक भने बिहीबार मात्र हुने धनुषा कांग्रेसका जिल्ला सचिव कोमलकान्त झाले बताए ।

जनकपुरको मेयरको सूचीमा रहेका कांग्रेसका अन्य नेताहरूमध्ये मनोज निकै कनिष्ठ हुन् । विमलेन्द्र निधि नजिक भएकै कारण साहलाई टिकट दिने निधो गरिएको कांग्रेसी नेताहरू बताउँछन् ।
दुई चरणको निर्वाचनमा पहिलो पार्टीको रूपमा स्थापित एमालेलाई पनि जनकपुरउपमहानगरपालिकामा मेयरका लागि उम्मेदवार छनोट गर्न निकै सकस भएको छ ।

हाल पार्टीका तर्फबाट दीपेन्द्र यादव, श्याम पुर्बे र शुद्धोदन यादवको नाम मेयरका लागि चर्चामा आएको भए पनि छनोट भने हुन सकेको छैन । उपमेयरमा पुनम मि श्र, निर्मलादेवी कर्ण र पल्टी देवी महराको नाम चर्चामा आएको छ । पार्टीको कार्यदलमा विचार विमर्श भइरहेको र एक दुई दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने एमालेका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रीप्रसाद साहले जानकारी गराए ।

माओवादी केन्द्रले असोज २ गतेको निर्वाचनलाई लक्षित गरी मधेसमा हेडक्वाटर नै स्थापित गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल पनि अहिले मधेस दौडाहामा छन् । तर, माओवादीले पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । पछिल्लो समय धनुषामा प्रभाव स्थापित गर्न नसकेको माओवादी तेस्रो चरणमा राम्रो प्रभाव बनाउन प्रयत्नरत छ ।

माओवादी केन्द्रको तर्फबाट जनकपुर उपमहानगपालिकामा मेयर पदका लागि फुलगेनप्रसाद साह र कामेश्वर महतोको नाम अघि आएको छ भने उपमेयरमा अम्बिका यादवको नाम चर्चामा छ । तर, नयाँ शक्तिबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता रामचन्द्र झाका कारण पनि उम्मेदवार छनोटमा केही ढिलाइ भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज झल्कु यादवले बताए ।

झाले आफूसँग पार्टीमा लिएर आएका कार्यकर्ताहरूलाई पनि स्थानीय तहमा समावेश गराउन पार्टीभित्र प्रयास भएको र लगातार तीन दिनसम्म जिल्ला समितिको बैठक बसी उम्मेदवारकोे छनोट भइसकेको र शुक्रबारसम्म नाम सार्वजनिक गरिने यादवले जानकारी गराए । जनकपुर उपमहानगरपालिकामा मेयर पदमा कांग्रेस, राजपा, एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.