राहत कोषमा जनता बैंकको सहयोग
काठमाडौं: जनता बैंक लिमिटेडले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। वर्षाका कारणल तराईका भूभाग डुबानमा परेको छन्।
जसले गर्दा हजारौं घर डुबान र लाखौं विस्थापित भएका छन्। यस विषम परिस्थितिमा उद्धार र पुनस्र्थापनामा सहकार्य गर्ने लक्ष्यका साथ बैंकले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
बैंकका कर्मचारीले एक दिनको पारि श्रमिक, बैंकका सञ्चालकले जनही १० हजार तथा बैंकका तर्फबाट गरी एकमुष्ठ २५ लाख रुपैयाँ नगद सहयोग प्रधानमन्त्री राहतकोषमा उपलब्ध गराउने निर्णय गरेको हो। बैंकले यो सानो सहयोगले केही मात्रामा भए पनि राहतकार्यमा सघाउ पुग्ने विश्वास राखेको छ।