सीजी ब्रान्डको दसैंतिहार २०७४ योजना
काठमाडौं: सीजी ब्रान्डले दसैं तथा तिहारको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। उक्त अवसरमा नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्ना समस्त ग्राहक सीजी परम्परा नामक योजना ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकले सीजी ब्रान्डका रेफ्रिजेरेटर र एलईडी टीभी (२०–३२ इन्च)को खरिदमा ग्राहकले २० प्रतिशतसम्म क्यास ब्याक पाउनेछन्।
त्यस्तै ग्राहकले फोर के स्मार्ट टीभी, स्मार्ट टीभी, टर्बो टीभी, वासिङ मेसिन, माइक्रोवेभ ओभनको खरिदमा पक्का उपहार पाउनेछन्। साथै एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ।