ड्याटसन रेडी गोको नयाँ भर्जन सार्वजनिक

ड्याटसन रेडी गोको नयाँ भर्जन सार्वजनिक

काठमाडौं: ड्याटसनको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले ड्याटसन ब्रान्डका बहुप्रतिक्षित ‘ड्याटसन रेडी गो १.० एल' मोडेलको कार सार्वजनिक गरेको छ। आइस्याट इन्जिन रहेको यो कारमा ग्राहकले बढी पावर र आरामदायी यात्रा गर्न पाउने कम्पनीले जनाएको छ।

 

ड्याटसन रेडी गोमा आइस्याट टेक्नोलोजीमा १.० एलको न्यून इन्धन सञ्चालन खर्च लाग्ने तीन सिलिन्डरको इन्जिन छ। फाइभ स्पिड म्यानुअल ट्रान्समिसनका साथ आएको उक्त कारमा यात्रा गर्दा फरक अनुभव प्राप्त गर्ने कम्पनीले जनाएको छ।

ड्याटसन रेडी गो १.० एल दुई किसिमका रेडी गो टी र रेडी गो एस मोडेलमा सार्वजनिक भएको छ। कार रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्नप्याड रसिल्भर फिनिसिङ एसीका साथ उपलब्ध छन्। यी कार सिल्भर, ग्रे, रुवी, लाइम र ह्वाइट रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रेडी गो टी १९ लाख ७५ हजार र रेडी गो एस २० लाख २५ हजार मूल्यमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यो सँगै कम्पनीले दसैं योजना पनि सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत ड्याटसन गाडीको खरिदमा ग्राहकले दुई लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको निःशुल्क बिमा, एक्सचेन्ज सुविधा, एक लाख ३८ हजार सात सयसम्मको निःशुल्क एसेसरिज तथा स्क्र्याच कार्डमार्फत पाँच लाखसम्मको नगद छुट र बम्पर उपहारमा ड्याटसन रेडी गो कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.