हुन्डाईको नयाँ इलाइट आई २० नेपालमा

हुन्डाईको नयाँ इलाइट आई २० नेपालमा

काठमाडौं: हुन्डाईले नयाँ इलाइट आई२० आस्टा डयुल टोन सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो सो २०१७ मा भौतिक संरचना र यातायातमन्त्री वीरबहादुर बलायरले पहिलोपटक सार्वजनिक गरेका हुन्।

 

आस्टा ड्युल टोन विभिन्न विशेषता भएको स्पोर्टी, गतिशील र नवीन ह्याचब्याक हो। यसको डिजाइनमा हुन्डाईको विकसित फ्लुइडिक स्कल्प्चर २.० सिद्धान्त प्रयोग गरिएको छ। परिष्कृत र प्रिमियम स्टाइल भएको नयाँ हुन्डाई इलाइट आई२० आस्टा ड्युल टोन हुन्डाईको छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनलाई कायम राख्दै आनन्ददायी र स्पोर्टी लुकमा रहेको कम्पनीले जनाएको छ।

अपडेटेड आई२० आस्टाको बाहिरी आवरणका अघिल्तिर गरिएको दुई टोनका पेन्टले यसलाई नयाँ बनाएको छ। आस्टा ड्युल टोनको डिजाइनमा विकसित सौन्दर्य र आत्मविश्वास प्रमुख छन्। यसको प्रिमियम उपकरण, स्टाइल र ड्राइभिङ गतिशिलताले माथिल्लो सेगमेन्टको गाडीसरह अनुभूति दिने कम्पनीको दाबी छ। नयाँ मोडलले ग्राहकको ड्राइभिङको चाहनालाई पूर्ण गर्नुका साथै आत्मविश्वास र क्लासको अनुभूति दिने कम्पनीले जनाएको छ।

७.० आई२० सिस्टमका साथ स्मार्टफोन कनेक्टिभिटी र डाइमन्ड कट् एलो ह्विल यसका विशेषता हुन्। यसको बजार मूल्य ३६ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.