माओवादीले माग्यो घोषणापत्रका लागि सुझाव
काठमाडौ : नेकपा माओवादी केन्द्रले आगामी मंसिरका लागि घोषित संघीय निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक बिषयको लिखित सुझाव मागेको छ । सो पार्टीको संघीय निर्वाचन घोषणा मस्यौदा समितिका संयोजक नारायणकाजी श्रेष्ठले आगामी भदौ २५ गतेसम्म सुझाव पार्टी कार्यालयमा दिन अपिल गरेका हुन ।
मजदुर,किसान,श्रमजीवी,बुद्धिजीवी,नागरिक समाजका अगुवा,पेशाकर्मी,प्राध्यापक,चिकित्सक,इन्जिनियर,पत्रकार,शिक्षक, बिद्यार्थी, उद्योग, व्यवसायी,साहित्यकार,कलाकार,समाजसेवी, लगायत सबै जनसमुदायसँग माओवादीले सुझाव मागेको छ ।
सरकारले आगामी मंसिर १० र २१ गते संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । सो पार्टीले प्रदेश सभाको निर्वाचन घोषणापत्र तयार गर्ने जिम्मेवारी प्रदेश समितिलाई नै दिएको छ ।