घर झगडापछि श्रीमती झुन्डिइन्, श्रीमानले बिष खाए
काभ्रे : पनौती नगरपालिका ५ कि २९ वर्षीया सलिन केसीले घर नजिकको रुखमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। बिहीबार बिहान एक बजे सामान्य घर झगडा हुँदा केसीले अात्महत्या गरेको ईलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ।
श्रीमान दीपकले श्रीमती पासो लगाएको थाहा पाएसंगै डोरी काटेर अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको थियो। श्रीमतीले पासो लगाएको देख्नासाथ श्रीमानले पासो काटेर स्वयम् विष सेवन गरेको खुलेको छ।
श्रीमान दीपकको अहिले बनेपा स्थित शिरमेमोरीयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान थालेको डीएसपी मरासैनीले जानकारी दिए।