अखाद्य आइसक्रिम उत्पादन गर्ने 'स्वीट टाइम' उद्योग बन्द
काठमाडौं: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य पदार्थको प्रयोग गरी आइसक्रिम उत्पादन गरेको अभियोगमा भक्तपुरको सूर्यविनायक नयाँ वस्तीस्थित पवित्र लक्ष्मी फुड्स प्रोडक्टको उद्योग बन्द गराएको छ। विभागका सह प्रवक्ता मदन चापागाईका अनुसार उक्त उद्योगले स्वीटटाइम भन्ने ब्राण्डमा आइसक्रिम उत्पादन गर्दै आएको थियो। कारखानामा निक्कै फोहोर भेटिनुका साथै पामोलिन आयल म्याद नाघेको भेटिएकाले उद्योगमा सिलबन्दी गरिएको हो।
विभागका सह प्रवक्ता मदन चापागाईका अनुसार उक्त उद्योगले स्वीटटाइम भन्ने ब्राण्डमा आइसक्रिम उत्पादन गर्दै आएको थियो।
कारखानामा निक्कै फोहोर भेटिनुका साथै पामोलिन आयल म्याद नाघेको भेटिएकाले उद्योगमा सिलबन्दी गरिएको हो।
सोहीमा पामोलिन आयलको प्रयोग गरी आइसक्रिमलगायतका खाद्य पदार्थ उत्पादन उक्त उद्योगले गर्दैआएको थियो।
उत्पादनस्थलमै मुसाको लिडको थुप्रोसमेत भेटिएकाले आइसक्रिमको गुणस्तर परिक्षण गर्न नमूनासमेत संकलन गरिएको छ।