नेपाल ईन्जिनियरिङ कलेजमा हस्तक्षेप गर्ने चेतावनी
भक्तपुर : चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले नेपाल इन्जिनियरिङ कलेजको विवाद तत्काल आन्तरिक रुपमा समाधान गर्नुपर्ने बताए । कलेजको बिबादमा नगरपालिकाले सहजकर्ताको भूमिका मात्रै निर्वाह गरेको बताउँदै मिश्रले आगामी दिनमा बिबाद समाधान नभए स्थानिय निकायले कलेजका मामलामा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
रफत सञ्चार क्लबमा बिहिबार आयोजित कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष हरी पाण्डेले सञ्चालक समितिका पदाधिकारीको सहमति विना वर्तमान अध्यक्ष लम्बोदर न्यौपानेले कलेजलाई नीजिकरण गरेको आरोप लगाए । उनले तत्काल कम्पनी रजिष्टारको कार्यालयमा व्यक्तिगत रुपमा दर्ता गरिएको कलेज खारेज गरिनु पर्ने बताए ।
कलेजका वर्तमान अध्यक्ष लम्बोदर न्यौपानेले यस अघि नै सञ्चालक समितिको बैठकले नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ताका लागि निर्णय गरिसकेको दाबी गरे । उनले हाल कलेजका सम्पूर्ण फाईल अनुसन्धानका लागि अख्तियारले लगेकाले गलत भए आपूm सजायको भागी हुने बताए ।
माइतीघर मण्डलामा धर्नामा बसेका बिद्यार्थीहरुले रफत सञ्चार क्लबमा वर्तमान अध्यक्ष न्यौपाने अन्र्तक्रिया कार्यक्रममा सहभागी भएको जानकारी पाएसँगै आएर न्यौपानेको राजीनामाको माग गरेका थिए । अध्यक्ष न्यौपानेलाई घेराउ गरी उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न माग गर्दै आक्रोश पोखेका थिए ।
कार्यक्रममा कानुन ब्यवसायी अनिल श्रेष्ठले नेक कलेजका सवालमा जसरी बाबु आमाले बच्चा जन्माएपछि आफ्नो सन्तान भनी हत्या गर्न पाउँदैनन् त्यसै गरी कलेज सामाजिक संस्था भएकाले कलेज नीजिकरण गर्न नमिल्ने बताए ।