राजपाको टिकटमा चलखेल : आन्दोलन गर्ने पार्टीका युवा, उम्मेदवार अर्कै

राजपाको टिकटमा चलखेल : आन्दोलन गर्ने पार्टीका युवा, उम्मेदवार अर्कै

जनकपुरधाम : मधेसको अधिकार प्राप्तिका लागि भएका आन्दोलनमा ज्यान दिन तयार भएका युवा मधेसवादी दलको तर्फबाट टिकट पाउने भने बञ्चित भएका छन्।

युवालाई आन्दोलनको बेला उकास्ने र बन्द हड्ताल गराउन प्रयोग गर्ने राजनीतिक दलले अहिले नेतृत्व लिने बेलामा अवसरबाट बञ्चित गर्न खोजेको मधेसवादी दलमा संलग्न युवाले बताएका छन् । टिकट वितरणको समयमा आर्थिक प्रलोभन, बाहुबल र नेताको अगुवापछुवालाई विशेष प्राथमिकतामा पार्ने गरेको आरोप युवाको छ।

स्थनीय तहको दुई चरणको निर्वाचन बहिष्कार गर्दै तेस्रो चरणमा सहभागी भएको राष्ट्रिय जनता पार्टी (राजपा) भित्र टिकट वितरणमा निकै बार्गेनिंङ्ग भइरहेको खुलेको छ । मधेस आन्दोलनमा आफ्नो ज्यानको बाजी थापेर होमिएका युवाहरु भन्दा पार्टीमै नदेखिएकालाई टिकट दिएपछि आर्थिक चलखेल भएको आरोप आन्दोलनमा सक्रिय युवाले लगाएका छन्।

२०६३ सालदेखि नै सक्रिय रुपमा मधेस आन्दोलन तथा मधेसको राजनीतिमा लागेका राजपाको विद्यार्थी संगठनका राष्ट्रिय सह अध्यक्ष शम्भुुनाथ झा जनकपुर उपमहानगरपालिका ८ बाट वडा अध्यक्षको रुपमा आफ्नो उम्मेदवारीका लागि राजपामा आवेदन पत्र भरेका छन् । तर, सोही पदका लागि उनी भन्दा पनि हाल पार्टीमा समेत नभएका र नेपाली कांग्रेसमा सक्रिय रमेश ठाकुरले समेत राजपामा आवेदन दिएका छन् । कांग्रेसबाट टिकट नपाएपछि ठाकुरले राजपाकै नेताहरुको समर्थनमा आवेदन दिएका हुन् । आफ्नो ऊर्जावान समय पार्टीका लागि खर्च गरेर अहिले नेतृत्वमा आउने बेलामा राजपाका केही नेताले आर्थिक प्रलोभनमा परेर आफूमाथि अन्याय गरेको झाको भनाइ छ।

चुनावको टिकटका लागि पार्टी प्रवेश गर्नेलाई ठूला नेताहरुले समेत सहयोग गर्नु आन्दोलनको अपमान भएको झाको बुझाई छ। युवाहरु स्थापित भए भने बुढा नेताहरुको झोला कसले बोक्ने भन्न संर्किण मानसिकताका कारण जुझारु र योग्य युवालाई उम्मेदवार बनाउन नखोजिएको झाको भनाइ छ।

टिकट पाउनका लागि राजपा भित्र युवालाई निकै संघर्ष गर्नु परेको नेता उमेश मण्डल बताउछन् । जनकपुर उपमहानगरपालिका ४ बाट वडा अध्यक्षको दाबेदार मण्डललाई टिकट पाउने आश कम बन्दै गएको छ । उनी भन्छन्, ‘गोली र लठ्ठी खाने बेलामा हामी अगाडी थियौं र अहिले टिकट पाउने बेलामा पार्टीको मुख समेत नदेखेका व्यक्तिको नाम अघि आइराखेको छ ।’

जनकपुर उपमहानगरपालिका ५ बाट अध्यक्ष पदका लागि राजपाको तर्फबाट आवेदन दिएका आन्दोलनका सक्रिय युवा नेता जानी खान पार्टीले युवाको योगदानको मूल्यांकन नगरेको बताउछन्। अहिले टिकटको टुंगो नलागेको अवस्थामा शीर्ष नेताहरुले पनि योग्य र आन्दोलनमा सक्रिय युवाको योगदानलाई गरेर उनीहरुलाई प्राथमिकता दिनुपर्नै उनको भनाइ छ ।

राजपाका धनुषा जिल्ला संयोजक संजय सिंह युवाहरुलाई पार्टीले प्राथमिकता दिने विषयमा ढुक्क रह्न आग्रह गर्छन् । सिंहले भने एक त बाध्यात्मक परिस्थितीमा राजपाले चुनावमा जाने निर्णय गरेको छ । यस्तो अवस्थामा पार्टीले स्थानीय स्तरमा पर्यवेक्षकनै खटाएर गाउँहरुबाट उम्मेदवारको नाम छनोट गर्न जिम्मेवारी दिएको उनको भनाइ छ । एउटै पदमा बढी व्यक्तिहरुले उम्मेदवारी दिए । त्यसमा पर्यवेक्षकले सहमति जुटाउने प्रयास गर्ने र त्यहाँबाट समेत विवाद समाधान नभए जिल्ला कमिटीमा राखेर समस्या समाधान गरिने सिंहले जानकारी गराए ।

राजपाले मधेस आन्दोलनमा शहादत प्राप्त गरेका परिवार र आन्दोलनमा सक्रिय भएका युवाहरुलाई विशेष प्राथमिकतामा राखेर टिकट वितरण गर्ने निधो गरेको सिंहको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.