'निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनले काम गर्न सहज'

'निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनले काम गर्न सहज'

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेपछि निर्वाचन आयोगलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी काम अगाडि बढाउन सहज भएको बताएका छन्।

 

निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्यसचिव बेगेन्द्रराज शर्मा पौडेलसहितको सचिवालयको टोलीले बुझाएको क्षेत्र निर्धारणसम्बन्धी अभिलेख तथा कागजात ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले उक्त धारणा राखेका हुन्।

नेपालको संविधानको धारा २८६ को उपधारा (१) बमोजिम गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गरी बुधबार नेपाल सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

नेपाल सरकारबाट सो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार नै निर्वाचन आयोगमा पठाइएको थियो। प्रतिवेदन प्राप्त भएपछि निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारणसँग सम्बन्धित काम कारबाही सुरू गरिसकेको छ।

आयोगको अभिलेख तथा अन्य कागजात आयोगका सदस्यसचिवले निर्वाचन आयोगमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ। साथै, क्षेत्र निर्धारण आयोगबाट प्राप्त भएका अभिलेख तथा कागजात प्रमुख आयुक्त यादवले आवश्यक कारबाहीका लागि आयोगका सचिव महेश्वर न्यौपानेलाई प्रदान गर्नुभएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.