भारतसँग सीमा जोडिएका सबै मतदानस्थल अति संवेदनशील

भारतसँग सीमा जोडिएका सबै मतदानस्थल अति संवेदनशील

वीरगन्ज: असोज २ को निर्वाचनका लागि पर्सा जिल्लामा निर्धारण गरिएका प्राय सबै मतदान स्थललाइ सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको छ।आसन्‍न निर्वाचनका लागि पर्सा जिल्लामा एक सय ६७ वटा मतदान स्थल निर्धारिण गरिएको छ।ती मध्ये वीरगन्ज महानगरपालिका क्षेत्रमा रहेका १५ वटा मतदानस्थल बाहेक अरु सबै एक सय ५२ वटा मतदानस्थललाइ संवेदशनशील र अति संवेदनशील मानिएको हो।

 

एक सय ६७ मध्ये १५ वटा मतदान स्थललाइ सामान्य , ७९ वटालाइ संवेदनशील र ७३ वटालाई अतिसंवेदनशील मतदान स्थलका रुपमा निर्धारिण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

भारतसँग सीमा जोडिएका स्थानमा तोकिएका सबै ७३ वटा मतदान स्थललाइ अति संवेदनशील मतदान स्थलका रुपमा विश्लेषण गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले बताए।

खासगी भारतसँग खुल्ला सीमा जोडिएका सबै ७३ मतदान स्थललाइ अति संवेदनशील मानिएको छ, उनले भने, वीरगन्ज महानगरमा रहेका १५ वटा बाहके अरु सबै ७९ वटा मतदान स्थललाइ भने संवेदनशील क्षेत्रका रुपमा निर्धारण गरिएको छ।'

आसन्न चुनावको सुरक्षा चुनौती र संवेदनशीतलतालाइ आधार मानेर जिल्लामा निर्धारण गरिएका मतदान स्थलहरुलाइ सामान्य, संवेदनशील र अति संवेदनशील गरि तीन वटा समुहमा वर्गिकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका निमित्त प्रजिअ पौडेलले बताए।

तीन हजार सुरक्षाकर्मी परिचालन
आसन्‍न स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि तीन हजार आठ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

असोज २ को निर्वाचनलाइ लक्षित गरी पर्सा जिल्लामा नेपाल प्रहरी मात्रै दुई हजार चार सय २३ जना परिचालन गरिने पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

पर्सा जिल्लामा अहिले एक हजार ८५ जनाको दरबन्दी रहेपनि नौ सय ३८ जना मात्र नेपाल प्रहरी कार्यरत रहेको भन्दै प्रहरी उपरिक्षक गिरीले चुनावका लागि अपुग एक हजार चार सय ३६ जना नेपाल प्रहरी , अन्य प्रदेशबाट माग गरिएको बताए।

थप माग गरिएको एक हजार चार सय ३६ जना नेपाल प्रहरी, प्रहरी प्रधान कार्यालयले चुनाव नहुने प्रदेशबाट यहि भदौ १८ गते पर्सामा पठाउने जानकारी आफुले पाएको प्रहरी उपरिक्षक गिरीले जानकारी दिए।

यस्तै आसन्न निर्वाचनका लागि पर्सामा सशस्त्र प्रहरीका तर्फबाट पनि एक हजार चार सय जना जनशक्ति परिचालन गर्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका सशस्त्र प्रहरी नायव उपरिक्षक सुशील पराजुलीले जानकारी दिए।

पर्सामा अहिले ६ सय सशस्त्र प्रहरी कार्यरत रहेकाले चुनावका लागि अपुग आठ सय सशस्त्र प्रहरी अन्य प्रदेशबाट माग गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक पराजुलीले बताए।

पथलैयामा रहेको सशस्त्र प्रहरीको रुद्र बाहिनी मार्फत सशस्त्र प्रहरी मुख्यालय समक्ष पर्साका लागि थप आठ सय जनशक्ति माग गरिएको भन्दै सशस्त्र प्रहरी नायव उपरिक्षक पराजुलीले थप माग गरिएको जनशक्ति पर्सामा आइपुगे पछि योजना बनाएर जिल्लाका मतदान केन्द्र र मतदान स्थलहरुमा सशस्त्र प्रहरीलाइ परिचालन गरिने जानकारी दिए।

आसन्न चुनावमा परिचालन गरिने सुरक्षाकर्मीका लागि चाहिने सवारीसाधनहरु जिल्ला प्रहरी कार्यालय पर्सामा अपुग भएकाले जिल्लामा रहेका अन्य सरकारी कार्यालयका सवारीसाधनहरु नेपाल प्रहरीले प्रयोग गर्ने योजना बनाइएको पर्साका प्रहरी उपरिक्षक गिरीले बताए।

पर्साका अधिकाशं गाँउहरु भारतको सिमानासंग जोडीएको कारण चुनावका लागि विशेष सुरक्षा रणनीति बनाएर उच्च सतर्कता अपनाईएको पर्साका प्रहरी उपरिक्षक गिरीले बताए।

यसपालिको चुनावमा भने म्यादी प्रहरी नखटाई स्थायी सुरक्षाकर्मी मात्रै परिचालन गरिने गिरीले जानकारी दिए । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात गर्नुपर्ने सुरक्षा रणनीति तय गरिएको उनले बताए। निर्वाचनका बेला तीन तहमा रहेर सुरक्षा प्रदान गरिने प्रहरी उपरिक्षक गिरीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.