‘आश्वसन पाइयो धेरै,जहाज आउँछ कहिले?’

‘आश्वसन पाइयो धेरै,जहाज आउँछ कहिले?’

दाङ : दाङको तुलसीपुरमा रहेको विमानस्थल लामो समयदेखि सञ्चालनमा नआउँदा दाङवासी मर्कामा परेका छन् ।
जिल्लामा भएको विमानस्थल सञ्चालन नहुँदा छिमेकी जिल्ला पुगेर विमान प्रयोग गर्नु पर्ने बाध्यता रहदै आएको छ । विमान प्रयोग गर्न एक सय ५० किमि टाढा रहेको नेपालगन्ज र त्यतिकै दुरीमा रहेको भैरहवा पुग्नुपर्ने बाध्यता दाङवासीलाई छ ।
२०११ सालदेखि सञ्चालनमा आएको विमानस्थल पटक पटक संचालनमा आउने र अवरुद्ध हुने गरेको छ । पछिल्लो पटक २०७१ साल जेठमा यो विमानस्थल नौ महिना संचालनमा आएको थियो भने त्यसपछि विमानस्थल प्रयोगमा आएको छैन ।


कच्ची धावनमार्गको कारण देखाउदै बन्द गरिएको हवाई उडान सेवा पुनः सुचारु गर्न आठ करोड ८७ लाख रुपैयाँ खर्च गरेर सात सय ६० मिटर लामो कालोपत्रे धावनमार्ग निर्माण गरिएको छ । तर लगत्तै फेरी ईन्धन डिपो नभएको भन्दै एयरलायन्स कम्पनीहरुले विमान संचालनमा आनाकानी गर्दै आएका छन् ।
विमानस्थल संचालनको शुरुमा दैनिक दर्जनौ उडान हुने गरेको यो विमानस्थलको वर्तमान अवस्था देख्दा खिन्नता लाग्ने विमानस्थलमा कार्यरत पूर्व सुरक्षाकर्मी चन्द्रा राई वताउँछिन् । ‘पहिले पहिले यो एयरपोर्टवाट रुकुम, सुर्खेत, नेपालगंज, काठमाडौं जान्थ्यो,भिडभाड हुन्थ्यो । तर अहिले यस्तो सुनसान छ’,उनले भनिन ‘दिन मै ९ फ्लाईटसम्म हुन्थ्यो । आजकल प्लेनको आवाज नसुनेको पनि धेरै भैसक्यो ।’
शुरुमा कच्ची धावन मार्गको बहानामा नेपाल वायुसेवा निगमले सेवा दिन नसक्ने भन्दै उडान सेवा बन्द गरेको थियो । त्यसपछि तारा एयर र गोमा एयरले पनि क्षणिक अवधि सेवा दिए पनि विभिन्न वाहानामा उडान सेवा बन्द गरेको वर्षौ भैसकेको छ । विमानस्थलको सुरक्षाको लागि नेपाली सेनाको एउटा टुकडी यहाँ वस्दै आएको छ ।
दाङबाट सिधा हवाई सेवा संचालनका लागि तुलसीपुर उद्योग वाणिज्य संघ, यहाँका राजनितिक दलहरुले गरेको प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय तुलसीपुर उपमहानगर पालिकाले पनि विमानस्थल संचालनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ ।
यता श्रमराज्य मन्त्री डिल्ली वहादुर चौधरीले दाङको घोराहीमा आयोजित एक कार्यक्रममा विमानस्थल सञ्चालनका लागि आफुले पहल थाल्ने वताएका छन ।
‘तत््कालका लागि सानो जहाज भएपनि संचालनमा ल्याउन पहल गर्छु’ राज्यमन्त्री चौधरीले भने, ‘ईन्धन डिपो नभएको अवस्थामा ट्यांकरवाट भएपनि ईन्धनको व्यवस्था गर्न पहल थाल्नेछु’ ।
जिल्लामा आउने प्रधानमन्त्री, मन्त्रीहरु, दलका शिर्ष नेताहरुले विमानस्थल संचालनमा पहल गर्ने भन्दै दिएका अभिव्यक्ति आश्वासनमा मात्र सीमित हुदै आएका छन् । तर दाङको तुलसीपुरमा रहेको दाङ विमानस्थलमा हवाई जहाज कहिले आउने हो ? यसको कुनै टुंगो छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.