खुल्ला शौच गर्ने ६ जना प्रहरी नियन्त्रणमा

खुल्ला शौच गर्ने ६ जना प्रहरी नियन्त्रणमा

भैरहवा: पुरातात्विक स्थल कुदान क्षेत्रको सडक किनारामा खुल्ला रुपमा सौंच बसेका छ जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ। शौचालय नबनाउने र बनाएका अधिकांशले पनि प्रयोग नगरी खुल्ला सौच गर्ने प्रवृतीलाई निरुत्साहित गर्दै कपिलवस्तुलाई खुल्लादिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल पार्न उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रहलाद अधिकारीले बताए।

उनले नियन्त्रणमा लिएका व्यक्तिहरुको नाम सार्वजनिक नगर्न सञ्‍चारकर्मीसमक्ष आग्रह गरे। कपिलवस्तुलाई सन् २०१७ भित्रै खुल्ला दिसामुक्त क्षेत्र भित्रै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप विगत १७ वर्षदेखि जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायले वर्षेनी ठूलो धनराशि खर्च गरे पनि अभियानहरु संचालन गरिरहेपनि अझै पाँचवटा स्थानिय तह अभियानकर्मी असफल देखिएका छन्।

नियन्त्रणमा लिएका व्यक्तिहरुले अबआईन्दा जहापायो त्यहि सडक र खेतवारीमा खुल्ला सौच नगर्ने र अरुलाई पनि गर्न दिने लिखित प्रतिवद्धता गरेपछि ४ घण्टामा छोडिएको डिएसपी अधिकारीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.