माओवादी सांसदले गरे संसद्‍बाट राजीनामा

माओवादी सांसदले गरे संसद्‍बाट राजीनामा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद योगेन्द्र घिसिङले संसद्बाट राजीनामा दिएका छन्। संविधान सभाको दोस्रो चरणको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद बनेका घिसिङले सभामुख ओनसरी घर्ती र प्रमुख सचेतक रेखा शर्मालाई राजीनामा पत्र बुझाएका हुन्। पार्टीको केन्द्रीय समिति र कुनै पनि तहको पार्टीगत जिम्मेवारीमा नरहेको बताउँदै उनले भने, ‘नदीको बेगले आफ्नो बाटो आपै पहिल्याएर बग्छ। केन्द्रीय सदस्य एवं कुनैपनि तहको जिम्मेवारीमा नरहने र वर्तमान व्यवस्थापिका संसदको सदस्य परित्याग गरिएको जानकारी गराउँछु।’

 

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टी हित विपरित काम गरेको आरोप लगाउँदै घिसिङलाई माओवादीको ललितपुर जिल्लासमितिले पार्टीबाट निस्काशन गरेको थियो। पार्टीको केन्द्रीय सदस्य तथा राजनैतिक सम्वाद तथा सहमति समिति र सार्वजनिक लेखा समितिमा सदस्य समेत रहेका उनी दश वर्षे जनयुद्धका घाइते योद्धा हुन्। उनले राजीनामा दिँदै २७ वर्षको राजनीतिक यात्रामा जेल नेल र अमानवीय यातना भोग्नु परेको बताएका छन्। साथै उनले देशका लागि रगत र शारीरिक अङ्ग समर्पित गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताएका छन्।

नेपाली राजनीति यथास्थितिमा रहेको बताउँदै उनले राजनीतिक दलहरुको भ्रमपूर्ण व्यवहारका कारण इमान्दार, देशभक्त, स्वाभिमानी र प्रतिभावान राजनैतिक कार्यकर्ताहरु विक्षिप्त हुन पुगेको बताएका छन्। ‘चुनाव र पार्टी महाधिवेशनमा मात्र कार्यकर्ता उपयोगको संस्कार बिडम्बना र दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘यसमा गम्भीर खेद प्रकट गर्न चाहन्छु।’

उनले माओवादी केन्द्रको मुख्य नेतृत्व मुठिभर मानिसको घेराबन्दीमा रहेर गुट सञ्चालन गरेको र पार्टीले जनजाति, मधेसी, दलित र मुस्लिमको आर्थिक, शैक्षिक र सभ्यताको विकास र सम्मानमा उचित विचार र कार्यनीतिको अभाव देखिएको बताएका छन्।

‘केन्द्रदेखि वडासम्म आफ्‍नो खल्तीको चिट र सनकबाट भजनमण्डली तयार गर्दै स्वाभिमानी, इमान्दार र प्रतिभावान पंक्तिलाई बाटो बन्द गरी अलोकतान्त्रिक निरंकुश शैली चलाएर अन्तरपार्टी लोकतन्त्रको निरन्तर धज्जी उडाइएको छ,’ उनले विज्ञप्तिमार्फत भने, ‘यसको परिणाम पार्टी विभाजन र विघटनमार्फत अभिव्यक्त भइरहेको छ।’ उनले नेपाली जनताको विकास र सम्बृद्धिमा निरन्तर समर्पित भइरहने प्रतिबद्धता समेत जनाएका छन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.