पाटनमै पुगेर पुशको कृत्रिम गर्भाधान

पाटनमै पुगेर पुशको कृत्रिम गर्भाधान

जुम्लाः वर्षात्‌को समयमा जिल्लाका पशु वस्तुहरु सबै पाटनतिर राख्ने भएकाले पशु चिकित्सकहरुले पाटनमै पुगेर पुशलाई गर्भाधान गराएका छन्।गाई-भैंसीको गर्भाधानका लागि उपयुक्त समय वर्षातमा हुने र यतिबेला पाटनमा लगेर राख्ने भएका कारण चिकित्सकहरुले पाटनमै पुगेर कृतिम गर्धाधान गराएका हुन्।

 

कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको सहजीकरणमा पशुसेवा कार्यालयका कर्मचारीहरुले प्राविधिकहरु खर्कमा नै पुगेर कृतिम गर्भाधान गरेको जिल्ला पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।

काष्डाले पशु पालक कृषकहरुलाई उन्‍नत जातका पशु उत्पादन गरी आयस्तरमा बृद्धि गराउनका लागि कृतिम गर्भाधान गर्न प्राविधिक आवश्यक परेको अनुरोध गरेपछि पशु कार्यालयले गर्भाधानका लागि पशु चिकित्सकहरु उपलब्ध गराएको थियो।

जिल्लाको साविकका मालिका ठाँटा र घेडेमहादेवको तीन हजार ५०० देखि चार जार मिटर उचाईमा राखिएका गाइको कृतिम गर्भाधान गरिएको बताइएको छ।

वर्षाको समयमा गाउँका सबै गाईगोरु चरनका लागि पाटन लिएकाले खर्कमै गएर कृत्रिम गर्भधान गरिएको जिल्ला पशु सेवा कार्यालय जुम्लाका नायब पशु स्वास्थ्य प्राविधिक हरिबहादुर रावलले बताए। उनले मालिकाठाँटा र घोडेमहादेव गाविसमा गरेर एकसय १० पशुमा कृत्रिम गर्भाधान गरिएको जानकारी दिए।

कास्डाका प्रशासकीय अधिकृत देवेन्द्र आचार्यले वल्र्ड भिजन जुम्लाको आर्थिक सहयोगमा मालिकाठाँटा र घोडेमहादेव गाविसको पोख्रीको पाटनमा एकसय १० र डिल्लीचौर गाविसमा ५५ पशुमा कृत्रिम गर्भधान गरिएको बताए।

अधिकृत आचार्यका अनुसार डिल्लीचौरमा १५ दिन र मालिकाठाँटा, घोडेमहादेवमा १ महिनाको समय लगाएर कृत्रिम गर्भाधान र पशु खोपको शिविर सञ्चालन गरिएको बताए।

उन्‍नत जातका गाई वृद्धि गर्ने र यसबाट किसानहरुको व्यवसाय तथा आम्दानीमा सहयोग पुर्‍याउने उद्देश्यले लामो समय लगाएर कृत्रिम गर्भधान गराउनुका साथै पशुखोप शिविर सञ्चालन गरिएको बताइएको छ।

उनका अनुसार यसबाट घोडेमहादेव र मालिकाठाँटा गाविस गरेर दुई सय ५० किसानले शिविरमार्फत आफ्ना पशुको गर्भाधान गराएका छन्। पाटनमै आएर पशुको उपचारका साथै धेरै दुध उत्पादन हुने जातको कृतिम गर्भाधान गरेपछि स्थानीय किसानहरु खुशी भएका छन्।

‘हामीलाई पहिलेदेखि नै कृतिम गर्भाधान गर्न मन थियो,' घोडेमहादेव ६ का स्थानीय धनबहादुर रोकायाले भने, ‘पशु सेवा केन्द्र निकै टाडा भएकाले गर्न सकेनौं। अहिले डाक्टरहरुले लेकमै आएर उपचार गरी गर्भाधान समेत गराउनुभयो । हामी निकै खुशी भएका छौं।'

आगामी दिनमा पनि कृतिम गभाधानलाई निरन्तरता दिँदै उन्नत जातका पशु उत्पादन गरी आम्दानी बढाउने रोकायाको भनाइ छ।शिविर र कृतिम गर्भाधानका लागि सात लाख रुपैयाँ कर्णाली दिगो विकास प्रतिष्ठान र तीन लाख रुपैयाँ जिल्ला पशु सेवा कार्यालय जुम्लाको गरी १० लाख बजेट खर्च भएको पशुसेवा कार्यालयले जनाएको छ।

अहिले जिल्लामा धेरै गाउँपालिकाका किसानहरुबाट कृतिम गर्भाधानको कार्यक्रम गर्न माग आउने गरेको जिल्ला पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.