संवैधानिक इजलास गठन

संवैधानिक इजलास गठन

काठमाडौं: न्याय परिषद्ले संवैधानिक विवादमा सुनुवाइका लागि प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश पराजुलीका साथै सर्वोच्चका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा र दीपककुमार कार्की तोकिएका छन्। परिषद्का सचिव राजन भट्टराईका अनुसार बुधबार बसेको बैठकले इजलास गठन गरेको हो।

 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको अवकाशपछि इजलास अपूर्ण थियो। इजलासमा चोलेन्द्रशमशेर र दीपककुमार नयाँ हुन्।

गम्भीर संवैधानिक प्रश्न उब्जेका रिट निवेदनमा सुनुवाइका लागि यस्तो इजलास गठन गर्ने व्यवस्था संविधानमा छ। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको अवकाशपछि लामो समय इजलास गठन नहुँदा सयौं विवादको निर्णय प्रक्रिया रोकिएको थियो।

बैठकले न्याय परिषद् ऐन, २०७३ कार्यान्वयनका लागि परिषद् नियमावली पनि पारित गरेको परिषद् जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.