कलेज नीजिकरण गर्ने अध्यक्षको योजना विफल, दवावपछि दिए राजीनामा

कलेज नीजिकरण गर्ने अध्यक्षको योजना विफल, दवावपछि दिए राजीनामा

भक्तपुर: भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेले बिहीबार विद्यार्थी र स्थानीयवासीको घेराबन्दीबीच राजीनामा गरेका छन् । आफ्नो पहलमा अगाडि बढेका कलेज निजीकरणका सबै प्रक्रिया खारेजीका लागि अध्यक्ष न्यौपानेले निवेदनसमेत लेखेका छन्।

गैरनाफामूलक संस्थाका रूपमा सञ्चालनमा आएको कलेजलाई प्राइभेट कम्पनी बनाएर अर्बौं सम्पत्ति सञ्चालकलाई बाँडफाँट गर्न मुख्य भूमिका रहेको आरोप लागेका न्यौपानेलाई विद्यार्थी र स्थानीयले सूर्यविनायकबाट नियन्त्रणमा लिएका थिए। तत्काल प्रहरीले न्यौपानेको उद्धार गरी महानगरीय प्रहरी वृत्त जगाती पुर्‍याएको थियो।

न्यौपाने सूर्यविनायकमा एक कार्यक्रममा सहभागी हुँदै गरेको जानकारी पाएपछि नेकको निजीकरणविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका विद्यार्थी तथा स्थानीयवासी सूर्यविनायक पुगेका थिए। त्यसबारे थाहा पाएपछि न्यौपानेलाई कार्यक्रममा उपस्थित प्रहरीले भगाउन खोजेको अनेरास्ववियुकी नेतृ आद्रता रेग्मीले जानकारी दिइन्। न्यौपानेलाई कब्जामा लिएपछि प्रहरीले आफूहरूलाई नियन्त्रणमा लिएको उनले सुनाइन्।

‘प्रहरीले नेक अध्यक्ष न्यौपानेलाई बचाउँदै उल्टै हामीलाई नियन्त्रणमा लियो', उनले भनिन्, ‘प्रहरीले अध्यक्षसँगै हामीलाई महानगरीय प्रहरी वृत्त जगाती पुर्‍यायो।'

प्रहरी वृत्तमा विद्यार्थी र स्थानीयको घेराबन्दीबीच न्यौपानेले राजीनामा लेखेका हुन्। कलेजलाई प्राइभेट कम्पनीमा दर्ता गरिसकेकाले त्यसको खारेजीका लागि कम्पनी रजिस्ट्रारको कार्यालयलाई उनले तत्काल निवेदन लेखे। पोखरा विश्वविद्यालयको सम्बन्धनमा चल्दै आएको कलेजलाई मध्यपश्चिमाञ्चलबाट सम्बन्धन दिलाउन प्रक्रिया सुरु गरेकोमा त्यसलाई भंग गराउन अर्को निवेदनसमेत उनले लेखेका छन्।

सुरुमा सादा कागजमा राजीनामा र अन्य निवेदन लेखेका न्यौपानेलाई प्रदर्शनकारीले कलेजकै लेटरप्याड मगाएर पुनः लेख्न लगाएका थिए। उनले कलेजका सञ्चालकद्वय हरिप्रसाद पाण्डे र सलिल भट्टराई अनि कानुन व्यवसायीको उपस्थितिमा सम्पूर्ण कागजात तयार गरेका हुन्।

उनले राजीनामा गर्ने बताउँदा आन्दोलनरत विद्यार्थीले त्यसले मात्र नपुग्ने अडान लिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए। ‘उहाँले अध्यक्ष पदबाट मात्र राजीनामा दिने कुरा गर्नुभयो', उनले भने, ‘हामीले प्राइभेट कम्पनी दर्ता तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धनसमेत खारेज नगरेसम्म नमान्ने अडान लियौं।'

सञ्चालकद्वय न्यौपाने र भट्टराईले कलेजको बाँकी काम गर्ने प्रतिबद्धता जनाएका छन्। सोहीअनुसार शुक्रबारैै जिल्ला प्रशासन कार्यालयमा संस्था नवीकरण गर्ने सहमति भएको चाँगुनारायण–२ वडाका नगर समिति सदस्य सोम प्रधानले जानकारी दिए।

उनका अनुसार शुक्रबार कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता खारेज गर्न तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सम्बन्धन माग रद्द गर्न निवेदन पेस गरिने भएको छ।

कलेज संस्था ऐन २०३४ को दफा ४ बमोजिम २०६० साल भदौ ४ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको थियो। तर, अध्यक्ष न्यौपानेले गत वैशाख २७ गते कम्पनी रजिस्ट्रार कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्राइभेट कम्पनी दर्ता गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.