दूषित पानीका कारण रोगको संक्रमण

दूषित पानीका कारण रोगको संक्रमण

तुलसीपुर: बाढीले खानेपानीका मुहान बगाउँदा दाङका बाढीपीडितले खोलाको धमिलो तथा फोहोर पानी खाने गरेका छन्। बाढीले खानेपानीका स्रोत बगाउँदा अहिले खोलोको फोहोर पानी संकलन गरेर खाइरहेको तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीका बाढीपीडितले बताए। फोहोर पानी खानाले बाढीपीडितमा विभिन्न रोगका संक्रमणसमेत देखिन थालेको छ।

 

फूलबारीकी सुनिता विकले बाढीपछिको जीवन कष्टकर भइरहेको भन्दै खोलाको फोहोर पानी खाने गरेको बताइन्। कुवा र धारामा बाढीले क्षति पुर्याएपछि अहिले खोलाको फोहोर पानी खाइरहेका छौं', उनले भनिन्, ‘नहुनुभन्दा फोहोर पानी नै सही भनेर खाने गरेका छौं।

त्यसले स्वास्थ्यमा समस्या ल्याउन थालेको छ।' उनले फोहोर पानी खाँदा झाडापखाला र रुखाखोकीले साताएको बताइन्। यो समस्या बढी बालबालिकामा छ। फूलबारी बाख्रेका विष्णु भण्डारीले फोहर पानी खाँदा गाउँमा बिरामी पर्न थालेको बताए। उनले अहिलेसम्म खोलाको पानी खाइरहेको र कुवामा समेत हिलोसहितको पानी आउँदा समस्या भएको बताए।

‘हामीलाई कुनै निकायबाट पानीको प्रशोधनसम्बन्धी शिक्षा दिइएको छैन। न त पानीको विकल्प नै छ', उनले भने, ‘खोलाको फोहोर पानी खानुको विकल्प छैन। केही उपाए नलागेपछि त्यही फोहोर पानी खाने गरेका छौं।' फोहोर पानीका कारण शरीर चिलाउने, पखाला लाग्ने र घाँटीमा समस्या सुरु भएको उनले बताए।

खानेपानीका मुहान बगाउँदा र प्रदूषित बनाउँदा बाढीपीडितले फोहोर पानी खाने गरेको उनीहरूले बताए। बाढी आएको लामो समय बितिसक्दा पनि राज्यले बाढीपीडितलाई पुनर्स्थापना र सुरक्षामा ध्यान नदिएको उनीहरूको गुनासो छ। बाढीपीडितले पानीको शुद्धताका लागि पहल गरिदिनसमेत सरोकारवालासमक्ष अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.