रातु पुल भासिएको ठाउँमा बेलीब्रिज बन्दै
बर्दिबास: पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातु पुल भएुर १० दिनसम्म सम्पूर्ण यातायात आगमन अवरुद्ध हुने भएको छ।
साउन २८ गते साँझ रातु पुल भासिएको स्थानमा बेलीब्रिज फिट गर्न लागिएको छ। बेलीब्रिज निर्माणका लागि पाँच ट्रक समान बिहीबार बर्दिबास आइपुगेको छ।
अहिले महोत्तरीको बर्दिबास र धनुषाको लालगढमा सयौं मालवाहक सवारी साधनको लाम लागेको छ।
बिहिबार दिउँसो रातु पुलको दक्षिण खोलामा बनाएको वैकल्पिक बाटो पनि बाढीले बगाएपछि मालवाहक सवारीको आगमन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक पोषणराज ढकालले बताए।
‘खाली सवारी साधन मात्र पुलबाट आवागमन भइरहेको छ,'उनले भने, ‘बेलीब्रिज निर्माण नहुँदासम्म यातायात बन्द हुन्छ।'