भरुवा बन्दुकसहित लिम्बू पक्राउ
विराटनगर: मोरङको लेटाङ नगरपालिका ८ स्थित मङ्गलबारे बजारका ४९ वर्षीय मंगलप्रसाद साब्देन लिम्बूलाई शुक्रबार विहान प्रहरीले एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको छ।
लोड गरेर राखिएको अवस्थामा बन्दुक सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले विहान ३ बजे घरमा छापा मार्दा लिम्बूको घरमा बन्दुक फेला परेको थियो।
बन्दुक बन्यजन्तुको अवैध चोरी सिकारीका लागि प्रयोग गर्ने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घरमा अवैध बन्दुक राखेर जंगली जनावरको सिकार गर्ने गरिएको सूचनाका आधारमा प्रहरी लिम्बूको घरमा पुगेको थियो।