एउटै मुद्धाका दुई फरार अभियुक्त पक्राउ

एउटै मुद्धाका दुई फरार अभियुक्त पक्राउ

विराटनगर: अदालतले दोषी ठहर गरे पनि फरार रहेका एउटै मुद्धाका दुई जनालाई प्रहरीले बिहीबार राति विराटनगरबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर १४ का २५ वर्षीय सुनिल महतो र मुकेशकुमार महतोलाई घटना भएको तीन वर्षपछि पक्राउ गरेको हो।

 

प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार नेपाल होमियोपेथिक मेडिकल कलेजमा चोरी गरेको आरोपमा प्रहरीले दुबै जना विरुद्ध चोरी मुद्धा चलाएको थियो।जिल्ला अदालत मोरङले दुबै जनालाई २०७१ साल पुस २२ गते जनही २५/२५ दिन कैद र ४५/४५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। 

निरौलाका अनुसार अदालतले दोषी ठहर गरे पनि उनीहरु दुबै जना फरार थिए। पक्राउ गरेका दुबै जनालाई प्रहरीले अदालतमा बुझाएको छ। इप्रका रानीले एक महिनाको अवधिमा विभिन्न मुद्धामा अदालतले दोषी ठहर गरे पनि फरार रहेका मध्ये १५ जनालाई पक्राउ गरेर अदालत बुझाइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.