कोहलपुर र वीरेन्द्रनगरमा एनसेलको फोरजी

कोहलपुर र वीरेन्द्रनगरमा एनसेलको फोरजी

काठमाडौं: एनसेल प्राइभेट लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा थप दुई सहर– कोहलपुर (बाँके) र वीरेन्द्रनगर (सुर्खेत)मा विस्तार गरेको छ । यो सेवा शुक्रबारदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

 

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कोहलपुर र वीरेन्द्रनगरमा पनि दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवाको लाभ लिन सक्नेछन् । आफ्नो सिम कार्डलाई फोरजीमा परिवर्तन नगरे ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरिरहेको सिमलाई यूसिमसँग परिवर्तन गर्न सक्नेछन्।

यसका लागि एक रुपैयाँ मात्र लाग्ने कम्पनीले जनाएको छ । नयाँ सिमका ग्राहकले तीन दिनसम्म मान्य हुने गरी एक जीबीको डेटा प्राप्त गर्नेछन् । फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा एनसेलले यी सहरमा सेवा प्रयोग गर्ने ग्राहकलाई योन्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ योन्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन्।
कोहलपुर र वीरेन्द्रनगरमा फोरजी सेवा बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ सहरमा पुगेको छ । एनसेलले पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोटसहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.