सिद्धार्थ बैंकको शाखा विस्तार
काठमाडौं: सिद्घार्थ बैंकले काठमाडौं, गोकर्णेश्वरको जोरपाटी र कुलेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बिहीबार एक विशेष समारोहबीच बैंकले नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।
शाखाकोे उद्घाटन बैंकका अध्यक्ष मनोजकुमार केडियाले गरेका थिए। बैंकको शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवाका साथै एटीएम सेवा पनि उपलब्ध हुनेछ ।
यस शाखासँगै बैंकले देशभरि रहेका ७७ शाखा, दुई एक्सटेन्सन काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ सेवा र पाँच सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।