रुकुम भूकम्पीय जोखिममा रहेको विज्ञको भनाइ

रुकुम भूकम्पीय जोखिममा रहेको विज्ञको भनाइ

मुसीकोट : केही विज्ञहरुले रुकुम जिल्ला भूकम्पीय जोखिममा रहेको बताएका छन् । अमेरिकी जनताको सहयोगमा सञ्चालित पहल कार्यक्रम अन्तरगत जियो–हजार्डबाट आएको विज्ञ समूहले केही दिनको प्रारम्भिक अध्यायन पश्चात रुकुम भूकम्पीय जोखिममा रहेको बताएका हुन्

जियो–हजार्डका भूकम्पविद् जानिस रोडग्रेस र भुगर्वविद् केल्भिन क्लिहानको समूहले रुकुम सदरमुकाम र आसपासका केही स्थानमा गगरेको स्थलगत अनुगमन तथा अध्यायन पश्चात यस्तो बताएका हुन्।

भूकम्पविद् जानिस रोडग्रेसले आजभन्दा झण्डै पाँच सय बर्ष अघि रुकुम क्षेत्रमा लगभग आठ रेक्टर स्केलको भूकम्प गएको कुरा अध्यायनले देखाएको बताए । उक्त भूकम्पको पीडा जनताले बिर्सिसकेकाले अहिले भूकम्प प्रकोप र अन्य प्राकृति जोखिमबाट जोगिन कुनैपनि तयारी नभएको उनको भनाइ छ।
‘केही केही स्थानमा बनेका संरचनाहरु भूकम्प प्रतिरोधी बनाउने प्रयास गरिएको छ । तर, त्यो प्रयास पुरा भने भएको छैन,’ रोडग्रेसले भने, ‘सरकारले भूकम्प प्रतिरोधी संरचना बनाउन कानुन नै बनाएको र मेरो घर भूकम्प प्रतिरोधी हुनुपर्छ भन्ने भावना जनतामा रहेको भएपनि त्यो कार्यन्वयनमा आउन सकेको छैन । यसलाई स्थानीय सरकारले कडाईसाथ कार्यन्वयन गर्नु आवश्यक छ ।’

त्यस्तै भूगर्वविद् केल्भिन क्लिहानले तिब्र सहरिकरणले निर्माणको काम अत्याधिक भइरहेको तर, निर्माणका लागि चाहिने उपयुक्त भूु–स्थिति भने छनोट गर्न नसक्दा पनि दुर्घटना भइरहेको बताए । ‘हामीले बनाउने संरचनाहरु भूकम्पप्रतिरोधी भएर हुँदैन त्यसका लागि कस्तो खालको भू–बनोटमा संरचना बनेको छ भन्ने कुराले पनि दुर्घटना हुनुको कारणलाई पुष्टी गर्छ’, उनले भने ।

यसरी विभिन्न चरणमा गरेर यहाँको भौगोलक बनोटका बारेमा अध्ययन गरी जोखिम न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने कार्ययोजना बनाएर अगाडी बढ्ने योजना रहेको रुकुमेली समाज विकास केन्द्र अन्तरगत पहल कार्यक्रमका संयोजक उदय केसीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.