'मलाई ठूला पार्टीबाट अफर आइरहेको छ'
नेपालगन्जः राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कोमल ओलीले आफूलाई ठूला पार्टीबाट अफर आइरहेको बताएकी छिन्। राप्रपाको कार्यक्रममा नेपालगन्ज आएकी नेतृ ओलीले सञ्चारकर्मीसँग भनिन्,'अभिनेतृ रेखा थापाले पार्टी छाडिन्।मलाई पनि ठूला पार्टीबाट अफर आइरहेको छ।' तर उनले आफू भने राप्रपामै सुन्तुष्ट भएर बस्ने समेत जिकिर गरिन्। उनले भनिन्, 'यही पार्टी बस्छु। साना दलको पनि आफ्नो अस्तित्व हुन्छ,यसमा म पूर्ण सन्तुष्ट छु।'
नेतृ ओलीले राजनीतिमा लागेपछि देश विदेश कुरा 'अप डेट' हुन धेरै अध्ययन गर्नु पर्ने भएकाले पछिल्लो समयमा पढ्ने काममा बढी समय दिन थालेको बताइन्। उनले भनिन्, 'राजनीतिमा लागेपछि आफ्नो दैनिक नै फेरिएको छ। संगीत, कन्सर्न, महोत्सव भन्दा राजनीतिक कार्यक्रममा बढी सक्रिय भएपछि प्रेसर बढेको छ।'
उनले पार्टी पुन: विभाजन भएकोमा दु:ख लागेको बताउँदै अब पार्टी फुटेर होइन जुटेर लाग्नु पर्ने बताइन्। उनले भनिन्, 'पार्टी विभाजन भएकोमा साह्रै दु:ख लगेको छ। पार्टीलाई पुर्नजीवन दिन म लागि परेकी छु।'
लोक गायिका समेत रहेकी नेतृ ओलीले संगीतमा केही कमी आए पनि रियाज गर्न भने नछाडेकी दाबी गरिन्।
उनले भनिन्, 'विहान उठ्छु, मर्निङ वाकमा जान्छु, आएर एक्सरसाइज र योगा आधा÷आधा घण्टा गर्छु र आधा घण्टा संगिा प्राक्टिस र भजन गर्छु।' ओलीले भनिन्।
उनले नेपाल जस्तो सानो देशले प्रादेशिक संरचना थेग्न नसक्ने बताइन्।उनले स्थानीय तहका तुलसीपुरको मेयरमा चुनाव लड्न इच्छा गरेको भएपछि पुरानाले ओभर टेक गरेको बताइन।उनले भनिन, 'तुलसीपुरको मेयरमा उठ्ने इच्छा गरेकी थिइन, सिनियरहरु ओभर टेक गर्नुभयो, मैले छोडिदिए, मलाई लामो हात बनाउन मन लाग्दैन।
उन फरक प्रसँगमा 'अब पोइ चाहियो. भन्ने गीत भने नगाउने बताइन्।उनले भनिन, 'अब मेरो पोइ चाहियो भन्ने गीत चाहि आउदैन होला।' उनले राजनीतिमा सक्रिय भएपनि पूर्ण रुपमा गीत संगितलाई भने नछोड्ने बताइन्।