परराष्ट्र मन्त्रालयले मात्रै वैदेशिक रोजगारीका समस्या समाधान गर्न सक्दैन : महरा

परराष्ट्र मन्त्रालयले मात्रै वैदेशिक रोजगारीका समस्या समाधान गर्न सक्दैन : महरा

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गृह र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य गरेर वैदेशिक रोजगारमा गएका नेपालीका समस्या समाधान गर्नुपर्ने बताएका छन्।

वैदेशिक रोजगार संघका प्रतिनिधि मण्डलसँग शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले परारष्ट्र मन्त्रालय एक्लैले वैदेशिक रोजगारीका समस्यालाई समाधान गर्न नसक्ने भएकाले सबैको पहल आवश्यक भएको बताएका हुन्।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग राय र परामर्श लिएर गर्नुपर्ने कार्य पनि रहेको भन्दै उनँले कुटनीतिक च्यानल प्रयोग गरेर आगाडि ढ्नुपर्ने प्रष्ट पारे।

परराष्ट्रमन्त्री महराल भने, ‘वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनुपर्छ। राज्यका निकाय र गन्तव्य मुलुकसँगको सहकार्यबाट समस्याको समाधान गर्नुपर्छ। यस कार्यमा सहयोग गरौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.