राजधानीकै विद्यालय बाढीले डुब्यो : पठनपाठन ठप्प

राजधानीकै विद्यालय बाढीले डुब्यो : पठनपाठन ठप्प

काठमाडौँ : बाढीका कारण राजधानी काठमाडौँकै एक सामुदायिक विद्यालय डुबानमा परेपछि अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ।

राम्रो नतिजा ल्याउनेमध्येको एक सामुदायिक विद्यालय ज्ञानोदय माध्यमिक विद्यालय (बाफल) यही भदौ १४ गते रातिको वर्षासँगै नजिकैको मनमति खोलाको बाढी पसेर पाँच फिटसम्म डुबानमा परेको हो।

शिशु कक्षादेखि १२ सम्म कुल दुई हजार २०० विद्यार्थी र ७६ जना शिक्षक रहेको सो विद्यालयको पूर्व र उत्तरतर्फबाट मनमति खोला पस्दा करिब ५५ लाख बराबरको क्षति भएको प्रधानाध्यापक नातिकाजी महर्जनले जानकारी दिए।

‘सोच्नै नसकिने गरी विक्षिप्त स्थिति बनेको छ, उद्धारका लागि सम्बन्धित निकायमा गुहार मागिएको छ तर पर्याप्त सहयोग पाइएको छैन’, उनले भने, ‘जतिखेर पनि विद्यालयमा बस्न मन पराउने हामीलाई अहिले पस्नै मन नलाग्ने बनाइदिएको छ।’

विद्यालयमा बिहीबार र शुक्रबार पढाइ पूर्णतः बन्द भएको छ भने हिलो पन्छ्याउन कठिन भएकाले अझै केही दिनपछि मात्र विद्यालय खुल्न सक्ने देखिएको छ।

तराई–मधेशमा आएको बाढीका कारण पूर्ण क्षति भएका विद्यालय पुनः निर्माणका लागि करिब एक अर्ब र तत्काल राहतका लागि ४० करोड आवश्यक पर्ने देखिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.