द राइजिङ र शारदा सेमिफाइनलमा

द राइजिङ र शारदा सेमिफाइनलमा

भक्तपुर : दोलखाको द राइजिङ र सिन्धुपाल्चोकको शारदा स्कुल कोकाकोला कप अन्तरविद्यालय मध्यमाञ्चल क्षेत्रीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुरको माहेश्वरी खेल मैदानमा शुक्रबार भएको खेलमा भक्तपुरको बाल विकास स्कुललाई २–१ गोलले पन्छाउँदै द राइजिङ अन्तिम चारमा पुग्न सफल भएको हो।

 द राइजिङका लागि दुइटै गोल निरज थापाले गरे। उनले खेलको २६ औं मिनेटमा गोल गर्दै द राइजिङलाई अग्रता दिलाएका थिए। कूल ७० मिनेटको उक्त खेलको दोस्रो हाफको तेस्रो मिनेटमा मार्मिन तामाङले गोल गर्दै बाल विकासलाई बराबरीमा ल्याएका थिए। तर खेलको ५४ औं मिनेटमा निरजले दोस्रो गोल गर्दै द राइजिङको जीत सुनिश्चित गरे।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा सिन्धुपाल्चोकको शारदा माविले काभ्रेको नेपाल प्रहरी उच्च माविलाई ४–० को गोलले हरायो। प्रतियोगिताको उपाधिको दावेदार मानिएको प्रहरी स्कुलविरुद्ध शारदाका मिलन तामाङले ह्याट्रिकसहित चार गोल गरे। उनले पहिलो हाफको सातौं, २८ औं र ३३ औं मिनेटमा तीन गोल गरेर प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरेका थिए। त्यस्तै दोस्रो हाफको १८ औं मिनेटमा अर्को एक गोल थप्दै मिलनले शारदाको फराकिलो जीत सुनिश्चित गरे।

प्रहरीका खेलाडीहरुले गोल पोस्टलाई लक्ष्य गरी प्रहार गरेको बललाई शारदाका गोलरक्षकले धेरैपटक जाली चुप्नबाट रोकेपछि प्रहरी गोलविहीन हुँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ।

प्रतियोगिताको छात्रतर्फ मध्यमाञ्चलका ६ र छात्रातर्फ तीन जिल्लाका विद्यालयहरुको सहभागिता रहेका छन्। प्रतियोगिता संयोजक तीर्थरत्न राजचलका अनुसार शनिबार छात्रतर्फ सिन्धुपाल्चोकको शारदा र धादिंगको महाकाली मावि तथा दोलखाको द राइजिङविरुद्ध नुवाकोटको अर्किड स्कुलबीच सेमिफाइनलमा खेल हुनेछन्।

त्यस्तै छात्रातर्फ काभ्रेका नेपाल प्रहरी स्कुल र सिन्धुपाल्चोकको सेतीदेवी शारदा माविबीच स्पर्धा हुनेछ।
सीधै नकआउटको आधारमा भएको प्रतियोगिताका सहभागी जिल्लाका विद्यालयमध्ये काठमाडौं उपत्यका बाहिरकालाई छात्रतर्फ जनही २५ हजार र छात्रातर्फ जनही १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ।

काठमाडौं उपत्यकाभित्रका विद्यालयलाई भने पाँच हजार रुपैयाँमात्रै दिइएको भक्तपुर जिल्ला फुटबल संघका महासचिव योगेन्द्र खर्बुजाले जानकारी दिए। उनका अनुसार केन्द्रीय प्रतियोगिताको लागि छनोट हुने भए पनि क्षेत्रीय छनोटका विजेता तथा उपविजेता स्कुल एवं खेलाडीहरुलाई प्रमाणपत्र र शिल्ड वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.