खण्डहर बन्दै सिंहदरबार

खण्डहर बन्दै सिंहदरबार

काठमाडौं : ०७२ साल १२ वैशाखको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबार खण्डहर बन्दै गएको छ। भूकम्पलगत्तै सरकारले भवनलाई रेट्रोफिकेसन (सवलीकरण र संरक्षण) गर्ने निर्णय गरे पनि अझै त्रिपालले छोपेर राखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवनको अध्ययन सुरु भएको जनाएको छ। प्राधिकरण प्रवक्ता यमलाल भुसालले भवनका कलात्मक कोठाबारे विज्ञ राखेर अध्ययन थालिएको र जीर्ण स्थानमा टेको लगाउने (स्क््रयाप फोल्डिङ) काम सुरु गरिएको जानकारी दिए। वर्षामा पानीबाट जोगाउन त्रिपालले छोपिएको उनले बताए। सरकारी निकायबीच समन्वय हुन नसक्दा र जिम्मेवारीबोध हुन नसक्दा सिंहदरबारको प्रमुख प्रशासनिक भवनको मर्मत अघि बढ्न नसकेको हो। 

पुनर्निर्माण तथा मर्मत-सम्भारको जिम्मेवारी लिएर बसेका सिंहदरबार सचिवालय पुनर्निर्माण समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्वव विभागबीच समन्वय हुन नसक्दा काम अघि नबढेको हो। सुरुमा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले यो भवन बनाउन प्रस्ताव गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैँ बनाउने गरी जिम्मेवारी लिएको थियो। प्राधिकरणले पनि यसको रेट्रोफिकेसनको काम प्रभावकारी रूपमा अघि बढाउन सकेको छैन।


सिंहदरबार सचिवालय पुनर्निर्माण समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्वव विभागबीच समन्वय हुन नसक्दा काममा ढिलाइ।

सिंहदरबार सचिवालय समितिले सुरुमा झन्डै दुई अर्ब लागतमा पूर्णरूपमा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको थियो। समितिका इन्जिनियर विजय कायस्थले पहिलेकै जस्तो तर बलियो र भरपर्दो भवन बनाउन सुझाव दिँदै त्यसका लागि दुई अर्ब प्रस्ताव गरिएको जानकारी दिए। सरकारले पुनर्निर्माण नभई रेट्रोफिकेसन गर्ने र त्यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेपछि काममा ढिलाइ भएको हो। हाल सो भवनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैँ र आपूर्ति मन्त्रालय बसेका छन्। भूकम्प जानुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालय बसेका थिए।

समितिका सदस्य-सचिव प्रकाशबहादुर राजवंशीका अनुसार राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा बनेको यो भवन ब्रिटिस शैलीको (निओक्लासिकल ) कलात्मक भवन हो। नेपालमा यसप्रकारको कलात्मक भवन अन्यत्र कहीँ पनि छैन। चन्द्रशम्शेरको पालामा यो भवन नौवटा ब्लकमा बनाइएको थियो र करिब दुई सय मिटरभन्दा लामो थियो। ०३० सालमा आगलागी हुँदा धेरै ब्लक नष्ट भए पनि यो प्रमुख भवनलाई जोगाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.