अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ

काठमाडौं : माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) को अध्यक्षमा रञ्जित तमाङ निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी अनिल शर्मालाई २३ मतले पछि पार्दै तामाङ विजयी भएका हुन । भदौं ७ गतेदेखि सुरु भएको क्रन्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन अन्तरगत नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएको थियो ।

अध्यक्षका प्रत्यासी अनिल शर्माले अन्नपूर्णसँग कुरा गर्दै आफू पराजित भएपनि पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन भएकोमा खुसी व्यक्त गरे । विद्यार्थीहरुको मतलाई सहज रुपमा स्वीकार गर्ने भन्दै शर्माले निर्वाचित अध्यक्ष रञ्जित तामाङलाई बधाइसहित कार्यकालमा राम्रो काम गर्न सुझाव दिए । व्यक्तिगत प्रतिस्पर्धा भएकोले निर्वाचनले संगठनमा गुटको विकास नहुने शर्माले स्पष्ट पारे । शर्माले भने ‘हाम्रो व्यक्तिगत रुपमा सौहार्दपूर्ण प्रतिस्पर्धा हो, यसले संगठनमा विभाजन ल्याउने भन्ने हुँदैन ।'

अध्यक्षमा विजयी रञ्जित तामाङले अन्नपूर्णसँग कुरा गर्दै निर्वाचन गर्ने परिपाटीले टिकेप्रथाबाट नेतृत्व छानिने भन्दै संगठनमाथि लाग्ने गरेको आरोपको अन्त्य भएको बताए । तामाङले भने ‘समान हैसियत भएका साथीहरु बीच प्रतिस्पर्धा भएकाले कसले जित्यो कस्ले हार्‍यो भन्ने भन्दा पनि निर्वाचनले को विद्यार्थी मोर्चाको जिम्मेवारीमा रहने र को पार्टीको अर्काे जिम्मेवारीमा जाने भन्ने टुंगो मात्रै लगाएको हो’ । कसैको विजय पराजयभन्दा पनि विधि, पद्धति अनुसार स्वस्थ प्रतिस्पर्धा मात्रै भएको तामाङले बताए । निर्वाचनका खराब पक्षलाई नभइ सकारात्मक पक्षलाई अंगाल्दै अघि बढ्नु पर्नमा तामाङले जोड दिए ।

क्रान्तिकारीले पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन गरेको हो । ३३ पदाधिकारी र २१० केन्दीय सदस्य चयन गर्नु पर्नेमा महिला उपमहासचिव र करीब ५० प्रतिशत केन्द्रीय सदस्य निर्विरोध चयन भएको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् । ३२ पधाधिकारी र बाँकी केन्द्रीय सदस्य निर्वाचन मार्फत चयन भएका छन् १७०४ प्रतिनिधिले मतदान गरेको क्रान्तिकारीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.