देशलाई हजार मूर्ति दिने घोषणा गरेका मूर्तिकारलाई ठाउँ अभाव

देशलाई हजार मूर्ति दिने घोषणा गरेका मूर्तिकारलाई ठाउँ अभाव

दमकः राज्यले के दियो भन्दा पनि राज्य लाई केही दिनुपर्छ भन्ने महान सोचका साथ अघि बढेका मूर्तिकार मन्जुल मितेरी यतिबेला पीरलोमा परेका छन्।राज्यका लागि एक हजार मूर्ति बनाएर दिने घोषणा गरेका मन्जुलको पीर यतिबेला मूर्ति बनाउनमा नभई बनाएका मूर्तिहरु राख्ने ठाउ नहुँदा बढेको हो। हाल उनको परिवार उर्लाबारी-६ मा डेरामा बस्दै आएको छ।त्यही बाट मूर्ति निर्माण कार्य समेत भईरहेको छ। बनाएर राखिएका मूर्तिहरु राख्ने ठाउँ नहुदा यतिबेला पानीमा पौडी खेली रहेका छन्।

 

हाल उनको परिवार उर्लाबारी-६ मा डेरामा बस्दै आएको छ।त्यही बाट मूर्ति निर्माण कार्य समेत भईरहेको छ। बनाएर राखिएका मूर्तिहरु राख्ने ठाउँ नहुदा यतिबेला पानीमा पौडी खेली रहेका छन्। बनाईएका मूर्तिहरु छरपस्ट अवस्थामा रहेका छन्। त्यस्तै अन्य मूर्तिहरु उर्लाबारीमा रहेको एन के प्लाजामा दुई वटा कोठा भाडामा लिएर मूर्ति संग्राहलयमा राखिएको छ।

महिनाको आठ हजार रुपैया तिरेर मूर्ति संग्राहलय खोले पनि त्यहा समेत मूर्ति राख्ने ठाउको अभाव देखीएको हो। मूर्ति राखिएको घरधनीसँग मंसिरसम्मको सम्झौता भएको र घरधनीले समेत कोठा खाली गर्न अनुरोध गरेपछि झनै समस्या परेको मन्जुलकी श्रीमती कौशीला राईले बताईन्।

उनले पानीमा डुबिरहेका मूर्ति तिर देखाउदै भनिन्, 'बनाएर राखेका मूर्तिहरुको त यस्तो बिजोग भएको छ फेरि संग्राहलय बनाएर राखेको घर धनीले मंसिरसम्ममा कोठा खाली गर्नु भन्नु भएको छ।अब ती मूर्तिहरुलाई कता राखु म?'

छोराले मरी मरी दुःख गरेर बनाएको मूर्तिहरु राख्ने सुरक्षित स्थान नहुदा चिन्ता लाग्ने गरेको उनकी आमा सरीता राईले बताईन्। डेरा भाडामा बसिरहेको मन्जुलको परिवारले त्यहिको बारीमा मूर्तिहरु राखेका छन्। मूर्तिहरु पानीमा डुबेको अवस्थामा छन्।केही मूर्तिहरु लाई प्लाष्टिकले छोपेर राखिएको छ।

मन्जुलकी श्रीमती कौशीला राई भन्छिन् 'बनाएर राखेका मूर्तिहरुको त यस्तो बिजोग भएको छ फेरि संग्राहलय बनाएर राखेको घर धनीले मंसिरसम्ममा कोठा खाली गर्नु भन्नु भएको छ।अब ती मूर्तिहरुलाई कता राखु म?'

एक हजार मूर्ति राज्यलाई दिने घोषणा गरेका मन्जुलले अहिले सम्म १८० वटा मूर्तिहरु तयार गरिसकेका छन्।अन्य बनिने क्रममा रहेका छन्। यसरी बनाईदै गरेका मूर्तिहरु थपिदै जाने हुदा त्यसका लागि पछि झनै ब्यवस्थापन गर्न गाह्रो हुने अवस्था रहेको मन्जुलले बताए।उनले आफुले यसरी एक हजार मूर्ति बनाईरहदा राज्यले आफुलाई कुनै तलब भत्ता र सुविधा दिनु नपर्ने समेत बताए।

आफ्नो पनि आर्थिक अवस्था कमजोर रहेको भन्दै उनले आफुलाई मूर्ति निर्माणका लागि आवश्यक ढुंगा, औजार र संरक्षणस्थलको ब्यवस्था गरेर राज्यले सहयोग गर्दिए आफ्नो मनोबल बढ्ने समेत बताए। 'हजार मूर्ति राज्यलाई दिने मेरो सपना हो। सबै पक्ष बाट सहयोग मिले मेरो सपनाले आकार लिने थियो।' उनले भने।

आफुले बनाएको मूर्तिहरु राख्ने उपयुक्त ठाउ समेत नहुदा मनमा परि परेको उनले बताए। उनले राज्यका लागि दिन भनेर विभिन्न प्रसिद्ध व्‍यक्तिहरुको मूर्ति बनाईरहेका छन्।उनको काममा उनकी धर्मपत्नी कौशिलाले समेत सहयोग गरिरहेकी छिन्।

मन्जुल हाल आफ्नो हजार मूर्तिको सपना पुरा गर्नकै लागि भनेर नेपाली टोलीको नेतृत्व गर्दै जापानमा मूर्ति बनाउन पुगेका छन्। उनी नभएको बेला उनको यस अभियानमा बाधा नहोस् भनेर उनकी श्रीमतीले मूर्ति बनाउने काममा सहयोग गरिरहेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.