झापाबाट लागु औषधसहित एक जना पक्राउ

झापाबाट लागु औषधसहित एक जना पक्राउ

दमक : झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुल नजिकै बाट शनिबार लागूऔषध सहित एक जना पक्राउ परेका छन् । दमक नगरपालिका–४ बस्ने ३० वर्षीय पद्म भण्डारी रहेका छन् ।

पदमलाई बिहान ८ बजेतिर लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिटट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथबाट खुट्टामा बाँधेर ल्याउदै गरेको अवस्थामा डाईजेपाम १४ एम्पुल, फेनारगन १४ एम्पुल र लुपिजेसिक १४ एम्पुल गरी जम्मा ४२ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भइरहेको छ। यसैगरी सोही ठाउ बाट प्रहरीले शुक्रबार लागुऔषध सहित रामेछाप गौशाला घर भइ हाल मोरङ लेटाङ नगरपालिका–९ बस्ने २३ वर्षीय विवेक मगर लाई पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट डाईजेपाम–१९ एम्पुल लुपिजेशिक–१९ एम्पुल र फेनारगन–१९ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.