नासाको प्रमुखमा ट्रमका समर्थक जिम ब्रिडेन्सटिन नियुक्त
वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधि सभा सदस्य जिम ब्रिडेन्सटीनलाई अमेरिकी अन्तरिक्ष कार्यालय (नासा)को प्रमुखको नियुक्त गरेका छन्। सन् २०१२ मा संसदमा निर्वाचित जिमले संसदको विज्ञान, अन्तरिक्ष र प्रविधि समितिमा काम गर्दै आएको थियो।उनी पूर्व विमान चालक पनि हुन्।
उनले इराक र अफगानिस्तानमा सैन्य विमान चलाएका थिए। नासाको नव नियुक्त प्रमुख ब्रिडेन्सटीन ट्रम्पका समर्थक हुन्। उनी नियुक्त हुनुभन्दा अगाडि सात महिना सम्म नासा कार्यवाहक प्रशासकले चलाएका थियो।नासाको इतिहासमै पहिलो पटक कर्मचारीले नेतृत्व गर्ने अवसर रोबर्ट लाईटफुटलाई आइलागेको थियो।
लाईटफुटले विज्ञप्तिमा भनेका छन्,'हाम्रा प्रतिनिधि नेतृत्वकर्ता आएकोमा म निकै खुशी छु,सांसद ब्रिडेन्सटीनले अव हाम्रो नेतृत्व गर्नेछन्।' 'हुन त उनको नियुक्तिको प्रक्रिया अमेरिकी सिनेटमा गएको छ, त्यो प्रक्रिया चाडै नै टुङ्गीने विश्वास गर्न सकिन्छ। तैपनि नासालाई कसरी प्रभावकारी रुपले अगाडी बढाउने भन्ने बारेमा भने हामीले अहिले देखिनै केही गर्नुपर्दछ,' लाईटफुटको भनाई छ। रासस/सिन्ह्वा