एमालेले प्रदेश-२ का महानगर र उपमहानगरका उम्मेदवारको नाम टुंगो लगायो

एमालेले प्रदेश-२ का महानगर र उपमहानगरका उम्मेदवारको नाम टुंगो लगायो

काठमाडौं : एमालेले प्रदेश नम्बर-२ को एक महानगर र दुई उपमहानगरका उम्मेदवारको नाम टुंगो लगाएको छ। शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

एमालेले वीरगन्जको मेयरमा बसुरिद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएको छ। त्यसैगरी कलैया उपमहानगरापकिालमा विनोद साह मेयर र उपमेयरमा प्रतिमा यादव उम्मेदवार बन्ने भएका छन्। सँगै जितपुर सिमरा उपमहानगरापलिकाको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी उम्मेदवार रहेका छन्।

अर्को बैठक आइतबार दिउँसो ४ बजे एमाले पार्टी अध्यक्षको निवास बालकोटमा बस्ने पार्टी सचिव एवम् प्रवक्ता योगेश भट्टराईले जानकारी दिए।

 

वीरगञ्ज महानगरपालिका
प्रमुख- वसुरिद्धिन अन्सारी,
उपप्रमुख- सोफिया आचार्य

कलैया उपमहानगरपालिका
प्रमुख- विनोद साह,
उपप्रमुख- प्रतिमायादव

जितपुर सिमरा उपमहानगरपालिका
प्रमुख- कृष्ण पौडेल,
उपप्रमुख- सरस्वती चौधरी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.