राष्ट्रिय फुटबल टोलीको घोषणा

राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं : एएफसी एसिएन कप छनोटअन्तर्गत भदौ २० गते ताजकिस्तानविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । प्रशिक्षक ग्योतुकी कोजीले शनिबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो छनोट खेल हो । समूहमा नेपालले एक अवे र एक होम खेल खेलिसकेको छ, जसमा नेपालले एक हार र एक बराबरीको नजिता निकालेको थियो ।

 गत चैतमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । जेठमा घरेलु मैदानमा नेपाल यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपाल सम्मिलित समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सको ६ अंक छ । दोस्रो स्थानमा रहेको यमनको चार अंक छ । तेस्रो स्थानमा आसीन नेपालको एक अंक छ। ताजकिस्तानले खाता खोल्न सकेको छैन ।

ताजकिस्तानविरुद्धको खेलमा यसअघि टोलीको कप्तानी गरिरहेका अनिल गुरुङलाई बाहिर राखिएको छ । राष्ट्रिय टोलीबाट ५० खेल खेल्दै बिदाइ लिने अभियानमा रहेका अनिलको योजना तत्कालका लागि टरेको छ । टोलीमा अधिकांश खेलाडी भने पुरानै छन् । छोटो समयमा प्रभाव पारेका त्रिभुवन आर्मी क्लबका स्ट्राइकर जर्ज प्रिन्स कार्कीलाई पहिलोपटक राष्ट्रिय टोलीमा मौका दिइएको छ । हालै जापानमा तयारीका लागि गएको टोलीबाट अनिलसँगै गोलरक्षक एलेन न्यौपाने, मिडफिल्डर राजेन्द्र रावल र रक्षक मानबहादुर तामाङलाई आराम दिइएको छ ।

प्रशिक्षक कोजीले घोषणा गरेको टोलीको गोलरक्षकमा विकेश कुथु, विशाल श्रेष्ठ र किरण चेम्जोङ, रक्षकमा विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ र आदित्य चौधरी, मिडफिल्डरमा हेमन गुरुङ, हेमन्त थापामगर, विक्रम लामा, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द, अञ्जन विष्ट र सुमन लामा रहेका छन् । स्ट्राइकरमा नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्तीमगर र जर्ज प्रिन्स कार्की छन् । टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षकमा उज्ज्वल मानन्धर रहेका छन् ।

ताजकिस्तानसँगको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.