जर्मनी र इङ्ल्यान्ड विश्वकप नजिक

जर्मनी र इङ्ल्यान्ड विश्वकप नजिक

लन्डन : साविक विजेता जर्मनी र पूर्वविजेता इङ्ल्यान्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको छनोट नजिक पुगेका छन् । शुक्रबार भएको आआफ्नो खेलमा जित हात पार्दै जर्मनी र इङ्ल्यान्डले रुस विश्वकपको यात्रा लगभक पक्का बनाएका हुन् ।

जर्मनीले चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दा इङ्ल्यान्डले माल्टाविरुद्ध ४-० को भारी अन्तरको जित निकाल्यो । चेक रिपब्लिकको मैदानमा भएको खेलमा माट्स हुमेल्सको निर्णायक गोलमा विश्व च्याम्पियन जर्मनीले महत्वपूर्ण जित हात पार्‍यो । छनोट खेलमा लगातार सातांै जित हात पारेको जोएचिम लोयको टोलीले समूह सीको शीर्ष स्थानमा स्पष्ट पाँच अंकको अग्रतासमेत बनाएको छ । छनोट चरणको अन्तिम तीन चरणको खेल बाँकी रहँदा जर्मनीको सम्भावना निकै बलियो देखिएको छ ।

 

खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा हुमेल्सले खेलको ८८औं मिनेटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाएका थिए । यसै साता होटलको बाल्कुनीबाट पौडी पोखरीमा हामफालेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि हुमेल्सले टोली व्यवस्थापनको गाली खाएका थिए । लगत्तै महत्वपूर्ण खेलमा गोल गर्दै उनले टोलीका लागि आफ्नो महत्व प्रस्ट्याएका छन् । हुमेल्सले टोनी क्रुजको फ्रिकिकमा हेडिङ गोल गरेका थिए ।

त्यसअघिको खेलमा १-० को अग्रता बनाएर पनि जर्मनी बराबरी गोल बेहोर्न पुगेको थियो । जर्मनीलाई खेलको चौथो मिनेटमै टिमो वेर्नरले १-० ले अघि बढाएका थिए । खेलको ७८औं मिनेटमा भ्लादिमिर दारिदाले सशक्त प्रहारमा चेक रिपब्लिकलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यता ह्यारी केनले लिगमा आफ्नो गोलको खडेरीलाई मेटाउँदै दुई गोल गरेपछि इङ्ल्यान्डले पनि माल्टालाई उसकै मैदानमा पराजित गर्‍यो । प्रिमियर लिगमा टोट्टनहामको सुरुआती तीनमध्ये तीनै खेलमा गोल गर्न असफल भएका केनले टोलीलाई ५३औं मिनेटमा १-० ले अघि बढाएका थिए । त्यसपछि खेलको ८५औं मिनेटमा र्‍यान बट्र्रान्डले इङ्ल्यान्डका लागि अर्को गोल थपेका थिए ।
खेलको इन्जुरी समयमा डानी वेलब्लेक र केनले लगातार गोल गरेपछि इङ्ल्यान्ड छनोट चरणमा पाँचौं जित हात पार्न सफल भयो । दुई खेलमा बराबरी गरेको इङ्ल्यान्ड छनोट चरणअन्तर्गत समूह एफमा दोस्रो स्थानको स्लोभाकियाभन्दा दुई अंकले माथि छ ।

विश्वकपको युरोपेली छनोटअन्तर्गत शुक्रबार भएको अर्को खेलमा विश्व वरीयताको पाँचौं स्थानमा रहेको पोल्यान्डले भने डेनमार्कसँग ४-० को भारी अन्तरको पराजय बेहोरेको छ । पराजयसँगै समूह ईको शीर्ष स्थानमा पोल्यान्डको अग्रता पनि तीन अंकमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.