पौने तीन लाखसहित आठ जुवाडे पक्राउ

पौने तीन लाखसहित आठ जुवाडे पक्राउ

तुलसीपुर : जुवा खेलिरहेको अवस्थामा ठूलो रकम सहित आठ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दंगीशरण गाउँपालिकाको एक घरमा रहेको जुवा अड्डामा छापा मार्दा जुवा खेल्ने गिरोहका आठ जना सहित पौने तीन लाख रुपैया नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

बवई गाउँपालिका वडा नम्बर ६ चिसापानी गाउँबाट २ लाख ७८ हजार ९ सय १५ रुपैयाँ नगद सहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा विनोद गिरी, मिनु गिरी, डिल बहादुर घर्ती, विजय बुढा, सोवेन्द्र देवकोटा, खिम बहादुर रावत, प्रकाश डाँगी र राम बहादुर भण्डारी रहेका छन् । उनीहरुको साथबाट तास, कौडासहित २ लाख ७८ हजार ९ सय १५ रुपैयाँ नगद बरामद गरिएको छ ।

सुराकीको आधारमा खटिएको प्रहरी टोलीले अशोक डाँगीको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका जुवाडेलाई जुवा ऐन अन्र्तगत मुद्धा दायर गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । चाडपर्ब नजिकिदै गर्दा रमाइलोका नाममा जुवाको धन्दा नै चलाउनेलाई दाङ प्रहरीले दैनिक जसो पक्राउ गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस अघि पनि प्रहरीले दैनिक जसो जुवाडे नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.