उत्तर कोरियामा शक्तिशाली भूकम्प, परमाणु विष्फोटको आशंका
एजेन्सी : उत्तर कोरियाले परमाणु विष्फोट गराएको खुलासा भएको जापानले जनाएको छ । तथ्यहरुको जाँच गर्ने क्रममा उत्तर कोरियाले परमाणु विष्फोट गराएको निष्कर्षमा पुगेको जापानी विदेशमन्त्री ‘तारो कोनो’ले जापानको राष्ट्रिय सुरक्षा परिषदको बैकठमा बोल्दै बताएको जापानी सञ्चार माध्यामले जनाएका छन् ।
उत्तर कोरियाको उत्तरी भागमा शनिबार भूकम्पको धक्का महसुस गरिएको र सो भूकम्प परमाणु विष्फोटको परिणाम भएको कोनोले दावी गरेका छन् ।शनिबार स्थानीय समय अनुसार ११:३८ मिनेट जाँदा उत्तर कोरियाको उत्तरपूर्वी क्षेत्रमा ४.६ म्याग्निच्यूडको भूकम्प महसुस गरिएको ‘चाइना अर्थक्वेक नेटवर्क सेन्टर’ ले जनाएको छ । यसैलाई आधार बनाइ जापानले उत्तर कोरियाले परमाणु परीक्षण गरेको दावी गरेको छ ।
आइतबार पनि भूकम्प
‘चाइना अर्थक्वेक नेटवर्क सेन्टर’का अनुसार आइतबार बिहान स्थानीय समय अनुसार ११:३० बजे उत्तर कोरियाको उत्तरपूर्वी इलाकामा ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्विक सर्वेक्षण केन्द्र ‘यूएसजीएस’ले आफ्नो वेबसाइटमा दिएको सूचनामासम्भावित विस्फोटबाट वा अन्य कारणबाट हो ६.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको उल्लेख गरेको छ । ‘यूएसजीएस’ले उत्तर कोरियाको सुङबागम बाट २४ किमी उत्तरपूर्वमा शून्य किमी गहिराइ केन्द्र भएर उक्त स्केलको भूकम्प गएको जनाएको छ ।
अमेरिकी भूगर्वविदले यसलाई परमाणु विष्फोटको कारण आएको भूकम्प भनी दावी गरेका छन्। उत्तर कोरियाले यसअघि पनि त्यस क्षेत्रमा परमाणु परीक्षण गर्ने गरेको बताइएको छ ।
उत्तर कोरियासँग ब्यालेस्टिक मिसाइलमा राखेर प्रहार गर्न मिल्ने परमाणु हतियार रहेको भन्ने दावी गर्दै राष्ट्रपति 'किम जोन उन'ले हतियार निरीक्षण गर्दै गरेको तस्बिरसहितको खबर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले आइतबार बिहान मात्रै प्रकाशन गरेका थियो ।