किशोरी बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ
वीरगन्ज : १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाको नयाँ बस्तीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवानलाई स्थानीयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।
इलाका प्रहरी कार्यालय नगवामा कार्यरत प्रहरी जवान गोरख मौर्यले शनिबार राति घरमा अरु कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरेको आरोपमा स्थानियवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
किशोरीको मुख थुनेर करणी गरिरहेको अवस्थामा देखेर छिमेकीले होहल्ला गरेपछि स्थानीयले मौर्यलाइ कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन् । पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले प्रहरी जवान मौर्यलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान सुरु भएको जानकारी दिए ।
पीडित किशोरी भने अहिलेसम्म प्रहरीको सम्पर्कमा नआएको भन्दै उनले पीडित किशोेरीका अभिभावकलाई जाहेरी लिएर प्रहरी कार्यालयमा आउन खबर गरेको छ।
प्रहरी जवान मौर्य र किशोरीबीच पहिलादेखि नै चिनजान भएको र शनिबार राति भने किशोरीले नै घरमा बोलाएको तर, प्रहरी जवान घरमा पुगेर बहिनीसँग बसेको दाइले देखेपछि दाइसँग डराएर किशोरीले बलात्कारको आरोप लगाएको प्रहरी स्रोतले जनाएको छ ।