सरकारी अस्पतालको सेवा गुणस्तरीय छ: स्वास्थ्यमन्त्री

सरकारी अस्पतालको सेवा गुणस्तरीय छ: स्वास्थ्यमन्त्री

काठमाडौँ: स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताएका छन्।

मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर अार्इतबार घर फर्किएका मन्त्री पोखरेलले भने, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आएको थिएँ त्यही विश्वासलाई बलियो बनाएर राम्रो सेवा लिएर घर फर्कँदैछु।''

 

सामान्य उपचारका लागि निजी अस्पताल वा विदेशै धाउनु नपर्ने भन्दै मन्त्री पोखरेलले बाहिर जानैपर्ने भए चिकित्सकले सिफारिस गर्ने हुँदा देशभित्रैका अस्पतालमा विश्वास गर्न आग्रह गरे।

वीर अस्पतालका निर्देशक डा भूपेन्द्रकुमार बस्नेतले मन्त्री पोखरेललाई अस्पताल भर्ना हुँदा ज्वरो, रुघाखोकी र छातीमा संक्रमणको समस्या देखिएको जानकारी दिए।

परीक्षणका क्रममा मौसमी रुघाखोकी एच१एन१ देखिएकाले पाँच दिनको औषधि दिइएको निर्देशक बस्नेतले बताए। उनलाई अझै केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। उनलाई पहिलेदेखि नै मधुमेह र प्रोष्टेटको समस्या छ।

राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको संख्या बढेको छ। इन्फ्लुएन्जा भाइरस टाइप ‘ए' को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको अढाइ महिनाको अवधिमा १२ बिरामीको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक भीम आचार्यले जानकारी दिए।

सुरुमा यसको भाइरस सुँगरबाट सर्ने भएकाले स्वाइनफ्लु अहिले यसमा मिसमास भएकाले प्राविधिक रुपमा स्वाइन फ्लु नभन्न चिकित्सकले आग्रह गरेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन आग्रह गरे।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.