बालबालिकाको सहयोगका लागि अमेरिकामा सांगीतिक कार्यक्रम हुँदै
काठमाडौं : नेपालका बाढीपीडित बालबालिकाको सहयोगका निम्ति अमेरिकामा सांगीतिक कार्यक्रम हुने भएको छ । अमेरिकामा रहेका गायक किशोर शिवाकोटीकी स्व.आमा मेनुका शिवाकोटीको स्मृतिमा स्थापना भएको मेनुका मेमोरियल फाउन्डेसनले बाढीपीडित बालबालिकाको सहयोगका निम्ति सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
अमेरिकामा नेपाली संगीतको प्रवद्र्धन र बाढीपीडित बालबालिकाको सहयोगका निम्ति मेनुका मेमोरियल फाउन्डेसनले सांगीतिक कार्यक्रम गर्न लागेको फाउण्डेसनका अध्यक्ष शिवाकोटीले जानकारी दिए। कार्यक्रम सेप्टेम्बर २४ तारिखमा हुँदै छ । कार्यक्रममा गायक सिवाकोटीलाई प्रताप सुब्बा, मेरो डान्स कप यूएसएकी बिजेता मनिता मगरलगायतले साथ दिने छन्।