नर्थह्याम्टनका प्रतिनिधी नामी कलेजमा

नर्थह्याम्टनका प्रतिनिधी नामी कलेजमा

काठमाडौं : बेलायतको प्रख्यात नर्थ ह्याम्पटन विश्वविद्यालयका प्रतिनिधिले नामी कलेजको अवलोकन भ्रमण गरेका छन्। विश्वविद्यालयको एकेडेमिक पार्टनरसिप अफिस (एपिओ) का डीन प्राध्यापक ह्यास्टिङ म्याक्यान्जी र इन्टरनेशनल अफिसर योभानोफ हिदरले कलेजके भ्रमण गरेका हुन।

 

कलेजमा भएका पछिल्ला गतिविधीहरूबारे जानकारी लिन, नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक तयारी गर्न तथा कलेजको संस्थागत विकास र प्राज्ञिक योजनाका बारेमा जानकारी लिने उद्देश्यले उनीहरूले भ्रमण गरेको नामी कलेजले जनाएको छ।

अवलोकन भ्रमणको क्रममा नामी कलेजले विश्वविद्यालयसंगको सम्बन्धनमा हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमको स्तरोन्नती गर्ने, नयाँ कार्यक्रम थप गर्न सकिने सम्भावना, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा भविष्यमा सहकार्य गर्न सकिने सम्भावना तथा हाल सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरूको सफलता लगायतका विषयमा छलफल भएको जनाएके छ।

प्राध्यापक म्याकान्जीले अवलोकनको क्रममा नामी कलेजले पछिल्ला दिनहरूमा गरेको प्रगतिप्रति खुशी व्यक्त गरेका थिए। विश्वविद्यालयको विश्वभरका २० वटा ठूला पार्टनहरूमा नामी पनि बलियो साँझेदार संस्था बन्न सक्ने उनले बताए। नामीका विद्यार्थीहरू विश्वविद्यालयका अन्य विद्यार्थीको तुलनामा निकै अघि रहेको पनि अवलोकनको क्रममा उनले बताए।

नामी कलेजले विश्वविद्यालयसंगको सम्बन्धनमा एमबीए, बीबीए (अनरेबल), बीएस्सी (अनरेबल) कम्प्युटिङ, बीएस्सी (अनरेबल) सफ्टवेर इन्जिनियरिङ, बीएस्सी (अनरेबल) कम्प्युटर नेटवर्क इन्जिनियरिङ, बीएस्सी (अनरेबल) इन्भाइरोमेन्ट साइन्स तथा ए लेभल लगायतका कोर्सहरूको पढाइ सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.