ढुंगा, बालुवा चोरी नियन्त्रणबाट १३ लाख संकलन

ढुंगा, बालुवा चोरी नियन्त्रणबाट १३ लाख संकलन

परासीः जिल्लाका विभिन्न खोलाहरुबाट नदिजन्य पर्दाथको चोरी कार्य नियन्त्रणबाट १३ लाख भन्दा बढी राजश्व संकलन भएको छ। प्रहरीले विशेष टोली परिचालन गरेर चोरी नियन्त्रण अभियान सञ्चालन गरेको छ।

असारमा खोलाहरुको ठेक्का अवधि सकिएलगत्तै ढुंगा र बालुवाको चोरी निकासी तीव्र रुपमा बढे पनि प्रहरीले वास्ता नगरेको गुनासो बढेको थियो। सोही समयमा सरुवा भएर आएका प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले विशेष टोली गठन गरेर नियन्त्रण अभियान सञ्चालन गरेपछि दैनिकजसो चोरीका सवारीसाधन पक्राउ पर्न थालेका हुन्।

अहिले दिनहुँजसो ढुंगा, बालुवा चोरी गरेको भन्दै प्रहरीले सवारीसाधनहरु जिल्ला समन्वय समितिमा ल्याउने गरेको निमित्त स्थानीय विकास अधिकारी वसन्त भट्टराईले बताए। २० दिनको अवधिमा १३ लाख २८ हजार जरिवाना वापतको राजश्व संकलन भएको उनले जानकारी दिए।

खोलामै गएर नदिजन्य पर्दाथ संकलन गरेको अवस्थामा पक्राउ परेका सवारीसाधनमा सबैभन्दा बढी टेक्टर छन्। जिल्ला सम्वय समितिले चोरी गर्ने सवारीसाधनमध्ये टेक्टरलाई १५ हजार, ट्रिपरलाई २५ हजार र जेसिभिलाई ५० हजार जरिवाना तोकेको छ।

सबैभन्दा बढी दुम्किवास, सुनवल, कावासोती, अरुणखोला, भूमही, बर्दघाटलगायतका क्षेत्रबाट नदिजन्य पदार्थको चोरी हुने गरेको प्रहरी उपरीक्षक आचार्यले बताए। खोलाहरुको ठेक्का लगाउन राष्ट्रपति चुरे संरक्षण समितिमा सहमतिका लागि पत्राचार गरिएको जिल्ला समन्वय समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.