इराकमा दुई हजार लडाकू मारिएको सेनाको दाबी

इराकमा दुई हजार लडाकू मारिएको सेनाको दाबी

बग्दाद: इराकको मोसुलमा पर्ने ताल अफारमा भएको प्रतिकात्मक सुरक्षा कारबाहीमा परी दुई हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस)का लडाकू मारिएका छन्। कारबाहीका क्रममा अरू ५० जना आत्मघाती बम हमलाकारी पनि मारिएको इराकी सेनाले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ।

 

“गत अगस्त २० देखि ३१ सम्ममा सरकारी सुरक्षाकर्मीहरुको प्रतिरक्षात्मक कारबाहीका क्रममा परी दुई हजारभन्दा बढी लडाकू र ५० जना आत्मघाती बम हमलाकारीको मृत्यु भएको छ,” संयुक्त कारबाहीका कमाण्डर जर्नेल अब्दुल्ला अमिर याराल्लाहले भने।

संयुक्त सुरक्षा कारबाहीका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। उनले १२ दिने सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीतर्फ ११५ जना सहिद भएको र ६७९ जना घाइते भएको जानकारी दिए।

सैन्य टोलीले ४० हजार ७५८ जनालाई ताल अफार र त्यस वरिपरिको क्षेत्रबाट हटाएको थियो। अगस्ट २० भन्दा अगाडि १८ हजार ८२२ जनालाई र २१ हजार ९३६ जनालाई १२ दिने सैन्य कारबाहीको बेला विस्थापित त्यहाँबाट हटाइएको याराल्लाहले बताए।

ताल अफार क्षेत्र झण्डै तीन हजार २०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसअन्तर्गत जुम्मार, माहालाबियाह र अयाधीयाह गरी तीनओटा सहर पर्दछन्। ताल अफार क्षेत्रले अरू ४७ ओटा गाँउ समेटेको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.