सर्पको टोकाइबाट बालकको मृत्यु
बर्दिबास: महोत्तरीको गौशाला नगरपालिका–४ मगरथानामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।
दुर्इ बर्षीय बालक अजित कुमार यादवको सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
यादवलार्इ उपचारको लागि अञ्चल अस्पताल जनकपुर लाग्दै गर्दा मृत्यु भएको जनाइएको छ।