मध्यमाञ्चलबाट सेतीदेवी शारदा छनोट

मध्यमाञ्चलबाट सेतीदेवी शारदा छनोट

भक्तपुर: सिन्धुपाल्चोकको सेतीदेवी शारदा माध्यमिक विद्यालय कोकाकोला कप अन्तरविद्यालय राष्ट्रिय फुटबल प्रतियोगिताको लागि छनोट हुन सफल भएको छ। भक्तपुरमा जारी मध्यमाञ्चल क्षेत्रीय प्रतियोगिताको आइतबार भएको छात्रा फाइनलमा धादिंगको आदर्श माविलाई २–१ हराउँदै सेतीदेवी शारदा मावि छनोट हुन सफल भएको हो।

सेतीदेवी शारदाको लागि सुस्मा तामाङले खेलको २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको सेतीदेवी शारदाविरुद्ध आदर्शका पार्वती घलेले खेलको ४२ औं मिनेटमा गोल गरेर बराबरीमा ल्याएकी थिइन्।

तर खेलको ५५ औं मिनेटमा रुविना पहारीले एक गोल गर्दै पुनः सेतीदेवी शारदालाई अग्रता दिलाइन्। यसबीचमा आदर्शका खेलाडीहरुले सेतीदेवी शारदालाई दबाबमा राखे पनि गोल भने गर्न सकेनन्। जसले गर्दा आदर्शका खेलाडीहरु हार स्वीकार गर्न बाध्य भए।

आइतबार भएको छात्रातर्फको विजेता सेतीदेवी शारदा माविलाई भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष कृष्णगोविन्द लाखाजूले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुरको माहेश्वरी खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत छात्रतर्फको फाइनल भने सोमबार हुने भएको छ। छात्रतर्फ राष्ट्रिय प्रतियोगितामा छनोट हुन सिन्धुपाल्चोकस्थित शारदा मावि र नुवाकोटको अर्किड स्कुल आमनेसामने हुनेछन्।

प्रतियोगितामा छात्रतर्फ ६ र छात्रातर्फ तीन जिल्लाका विद्यालयको सहभागिता रहेको संयोजक तीर्थ राजचलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.