उपत्यकालाई गुण्डामुक्त बनाउने महानगरीय प्रहरी प्रमुखको उद्घोष
काठमाडौं : महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले गुन्डागर्दी र भ्रष्टाचारप्रति आफूले शून्य सहनशीलता अपनाउने बताएका छन् ।
महानगरीय प्रहरी परिसरको जिम्मेवारी सम्हालेपछि पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा धानुकले यस्तो उद्घोष गरेका हुन् । उनले काठमाडौंलाई गुन्डाहरूको भयबाट मुक्त गर्न आफू लागिपर्ने घोषणा गरे ।
‘गुन्डागर्दीविरुद्ध जाँदा र भ्रष्टाचार शून्य सहनशीलता नीति अपनाउँदा दुई दिनमा सरुवा भए पनि डर छैन, कटिबद्ध भएर लाग्नेछु’, एसएसपी धानुकले भने ।