रातु पुलमा बेलिब्रिज जडान सुरु (फोटोफिचर)
बर्दिबास : पूर्वपश्चिम राजमार्ग अन्तरगर्त महोत्तरी र धनुषालाई जोड्ने रातु खोलाको पुलमा आइतबारबाट बेलिब्रिज जडानको काम सुरु भएको छ। पुलबाट पैदल यात्रीको ओहरदोहर हुनेगरी पुल भाँसिएको स्थानमा ३५ मिटर लामो बेलिब्रिज जडान गर्न लागिएको हो। सात दिन भित्र पुलको पश्चिम तर्फको ४ नम्बर पिल्लर भासिएको स्थानमा बेलिब्रिजको जडान कार्य सकिनने सडक डिभिजन कार्यालय, मुजेलियाका सुपरभाइजर शिवनन्दन साहले जानकारी दिए। पुलमा सबै किसिमका सवारी साधन आगनमा रोक लगाइएको छ।
बेलिब्रिज जडानका लागि प्राविधिक र कामदार ३० जना खटिएका छन्। राजमार्ग सुचारु गराउन खोलामा बनाइएको डाइर्भसनबाट खोलामा बाढी आइरहने भएकाले यातायता संचालनमा समस्स्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक पोषणराज ढकालले जानकारी दिए।
२०७१ सालमा पुल भासिदा पनि बेलिब्रिज जडान गरिएको थियो।